नेपालगन्ज : मेरो टुकि प्रज्ञालयले अभिभावक अभिमुखीकरण गरेको छ । शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि बालबालिकाको स्वास्थ्य, मल्टिपल इन्टेलिजेन्स र घरमा बच्चालाई पढाउदाँ आउने एकरुपताको समस्यालाई समाधान गर्ने विषयमा अभिमुखिकरण गरिएको हो ।
बालरोग विशेषज्ञ डा. रोमा बोराले बालबालीकाको स्वास्थ्यमा देखिन सक्ने समस्या र समाधानको बारेमा अभिमुखिकरण गरेकि थिइन् । पोषण, अटिजम, खोप, अटिजम लगायतका विषयमा उनले सहजीकरण गरेकि थिइन् ।
यस्तै शिक्षाविद, मनोपरामर्शकर्ता तथा प्रज्ञालयका संस्थापक भोजराज शर्माले मल्टिपल इन्टेलिजेन्सको बारेमा सहजीकरण गरेका थिए । हरेक बालबालीकाहरुका क्षमता फरक फरक हुने भएकाले व्यवहार पनि फरक हुने उनको भनाई थियो । उनले भाषा सिक्न चाहाने, प्रकृतिमा रमाउने, म्युजीक मन पराउने, गणीतिय समस्या समाधान गर्न सक्ने लगायतका ८ वटा बौद्धिक क्षमताका बारेमा प्रष्ट पारेका थिए । यस्ता बौद्धिकताले उनीहरु भविष्यमा के बन्न चाहान्छन् भन्ने कुराको निर्धारण गर्न सकिने उनको भनाई थियो । बालबालिकालाई जबरजस्ती भन्दा उनीहरुको रुचिको विषयमा अगाडि बढ्न दिन अभिभावलाई उनको सुझाव थियो ।
प्रज्ञालयले किताबी ज्ञानसंगै व्यवहारीक ज्ञान पनि सिकाउदै आएको छ । कार्यक्रममा बालबालिकाको लेखन क्षमता अभिवृद्धि गर्नका साथै लेखनमा एकरुपता ल्याउन अभिभावकहरुको लेखन जाँच पनि गरिएको थियो ।
यस्ता कार्यक्रमले शिक्षण सिकाई क्रियाकलापमा मद्यत गर्ने प्रज्ञालयका प्रिन्सिपल कल्पना शर्माले जानकारी दिइन् । उनका अनुसार प्रज्ञालयले वर्षमा २ पटक सबै बालबालिकाको स्वास्थ्य जाँच गर्ने गरेको छ । यसका साथै अभिभावक, बालबालीका, शिक्षक, शिक्षिका लगायतसंग पनि विविध कार्यक्रम सन्चालन गर्दै आएको छ ।
प्रज्ञालयमा हाल करिब ६० जना बालबालिका अध्ययनरत छन् ।