यमलाल रसाईलीको परिवारलाई सहयोग हस्तान्तरण

कोरा च्यालेन्ज नेपालगन्जले थालेको यामलाल रसाइली परिवार सहयोग अभियानले आज रसाइलीको घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ ।
स्वर्गिय यामलालले साइकलिङ समाजलाई पुगाएको योगदान कदर गर्दै संकलित रकम हस्तान्तरण गरिएको हो ।
यमलालको स्वर्गवास पछि परिवारमा सामाजिक, मानसिक गतिविविधिमा असर गरेको, आर्थिक गतिविधिमा पनि समस्या देखिएकोले कोरा च्यालेन्ज अभियान मार्फत संकलित रकमलाई आज नेपालगन्ज बाट साइकलको यात्रा पुरा गर्दै कैलालीको लम्की पुगेर अभियान्ताहरुले रसाइलिको परिवारलाई पहिलो चरणमा तिन लाख रुपैया हस्तान्तरण गरेको अभियानका संयोजक गगन थापाले जानकारी दिए । रसाइलिको कोभिडको कारणले मृत्यु भएको थियो । रसाइलि एकै खुट्टाले साइकल चलाउने गर्दथे । उनले पारा ओलम्पिकमा सहभागिता समेत जनाएका थिए ।
देशै भरिबाट संकलन भएको रकम हस्तान्तरण गर्दै संयोजक थापाले अभियानमा सक्रियता पूर्वक सम्पन्न गर्न सघाउने सम्पुर्णलाई धन्यबाद दिएका छन ।

प्रतिक्रिया