नेपालगन्ज : आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखा कार्यालयले ६४ पिन्ट रगत संकलन गरेको छ । कम्पनीको वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजीत रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको हो । यो समयमा नेपालगन्जमा रगतको अभाव देखिएकाले त्यसलाई पुर्ति गर्न रक्तदान कार्यक्रम राखिएको कम्पनीका एरिया ब्रान्च मेनेजर अमित केसीले जानकारी दिए । करिब ५० पिन्ट संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यभन्दा बढी रगत संकलन भएको उनले बताए ।
कम्पनीले आगामी भदौ १ गते ५ औँ वार्षिकोत्सव मनाउदै छ । वार्षिकोत्सवका अवसरमा यहि साउन २४ गते राप्ती सोनारी गाँउपालिकामा आखाँ शिविर आयोजना गरिएको छ । शिविरबाट करिब ५ सय जनालाई सेवा दिने उद्येश्य छ । कम्पनीले विभिन्न अवसरमा सामाजीक काम गर्दै आएको जनाएको छ ।