गुर्भाकोटका कलाकार मदन खड्काले ल्याए तीजको गीत

नेपालगन्ज – सुर्खेत गुर्भाकोट घर भइ काठमाडौंमा बसोबास गर्ने मदनकुमार खड्काको तीज गीत नाच नाच घुमेर सार्वजनिक भएको छ । खड्काको यो पहिलो सङ्गितिक सृजना हो । खड्काको शव्द र लयमा रहेको गीतलाई राजु विश्वकर्माले एरेन्ज गरेका छन् । गीतमा सुकदेब अधिकारी र गायिका जमुना सुनारको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियो भद्रकाली मन्दिर परिसरमा छायांकन गरिएको छ । भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन् । म्युजिक भिडियोको निर्देशक मुकेश नेपालीले गरेका छ्न् । भिडियोमा जीवन खड्का र एलिजा घर्ती मगरले फिचरिङ गरेका छ्न् ।

प्रतिक्रिया