माफ गर्नुहोस म अब कुर्न सक्तिन – रवि लामिछाने

नेपालगन्ज : राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने यति बेला देश दौडाहमा छन । विभिन्न जिल्लामा जिल्ला भेला गरेर लामिछानेले आफ्नो पार्टिको धारणा राखिरहेका छन । विहिबार नेपालगन्जमा जिल्ला भेला गरेर सभापति लामिछानेले आफु राजनितिको नाममा लाजनिति नगर्ने बताएका छन । नेपालगन्जको रंगशालामा आयोजना गरिएको जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले भने – ‘सबैले हेरौला पख्नोस हेरौला पख्नोस भन्नुहुन्छ, माफ गर्नुहोस म अब कुर्न सक्तिन, आउने आउदै गर्नुहोला म त हिडे मेरै बाटो खुट्टा तान्दै गर ।’ उनले खुट्टा तान्ने र आलोचना गर्नेबाटै पार्टिको प्रचार भैरहेको उल्लेख गरे । नेपाली जनता राजनितिको कोर्स फेर्न तयार रहेको बताए । लामिछानेले कसैले सक्दैन होला नसकोस, कसैले जान्दैन होला नजानोस, कोहि विक्यो होला विकोस तर म विक्दीन, म जान्दछु र म गर्छु । उनले नेपालगन्जको भिड देखेर भने यसैगरि भिड रहने होर बेतिथिलाई अनुमोदन गरिरहने हो भने कसैले आफुलाई भन्नै नपर्ने गरि फेरी रविन्द्र मिश्र हुने बताए । तर त्यसको जिम्मेवार भने जनता नै हुने उनले बताएका छन । लामिछानेले नेपालगन्जलाई विभितताले भरिपुर्ण शहरको रुपमा लिएको बताए । उनले नेपालगन्जमा आत्मीयताको मैदान रहेको भन्दै सधै यस्तै रहिरहेको देख्न चाहेको बताए । संयोजक लामिछानेले थपे – ‘म यस्तो युगमा राजनितिमा प्रवेस गरेको छु जुन युगमा राजनितिज्ञहरु ढुङगा हान्ने होइन ढुङगा बोकेर जनताको सेवा गर्न हिड्छन ।’ उनले आफुले राजनिति सिक्नै परे धरानका मेयर हर्क साम्पाङ संग गएर सिक्ने बताए । काठमाडौमा गएर गाउँ गाउँ डुल्दै गफ लडाउने संग राजनिति सिक्नु छैन भनेर उनले मेयर साम्पाङको समेत प्रसन्सा गरे ।

प्रतिक्रिया