साताको तेस्रो कारोबारको दिन (मंगलबार)नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ ।
दोहोरो अंकले बढेको शेयर बजारमा ३ अर्ब बढीको कारोबार भएको छ । आज नेप्सेमा ३ अर्ब २१ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा मैलुङ खोला जलविद्युत र युनाइटेड ईदी मार्दीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युतको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रु.६८२ र युनाइटेड ईदी मार्दीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९१८.३० पुगेको छ ।
यस्तै ,समालिङ्गी पावरको शेयरमूल्य ८.५२ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.७९० पुगेको छ ।