खजुरा : बाँकेको खजुरा गाउँपालिकाले दैलेख गुराँस गाउँपालिकामा सरुवा भई जानुभएका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीलाई विदाई गरेको छ । प्रमुख प्रशासकिय अधिकृतका रुपमा केसी खजुरामा ६ महिना अघि आउनुभएको थियो । आज गाउँपालिकाले एक कार्यक्रमको आयोजना गर्दै केसीलाई मायाको चिनो उपहार प्रदान गर्दै विदाई गरेको हो ।
विदाई कार्यक्रममा बोल्दै केसीले खजुराबाट सबैको न्यानो मायाको साथ सिक्ने अवसर मिलेको बताउनुभयो । पश्चिम नेपालमा खजुराको नाम अग्रपन्थिमा आउने भएकाले यस्तो पालिकामा रहेर काम गर्न र प्रतक्ष विकासमा संलग्न हुन पाउदाँ खुसी लागेको उल्लेख गर्नुभयो । आफ्नो कार्यकाल एक स्वर्णिम कार्यकालका रुपमा लिएको उहाँले बताउँनुभयो । विदाई कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले प्रमुख प्रशासकिय अधिकृतको रुपमा एक कुसल प्रशासकका रुपमा केसीले आफ्नो भुमिका निर्वाह गरेको भन्दै प्रसन्सा व्यक्त गर्नुभयो ।
गुँरास गाउँपालिकामा सरुवा भएर जानुभएका केसीलाई खजुरासंगको सहकार्य अघि बढाउन प्रस्ताव गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले हामि जन प्रतिनिधि आएको दुई महिना हुदै गर्दा प्रमुख प्रशासकिय अधिकृत केसीको अनुभव सिकाई ग्रहण गर्न पाएको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । केसीको सरल व्यवहारले नै खजुरामा जनप्रतिनिधि र कर्मचारी विच सुमधुर सम्बन्ध कायम बनेको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिकामा केहि दिन अघि प्रमुख प्रशासकिय अधिकृतका रुपमा जाजरकोट निर्वाचन कार्यालयबाट सरुवा भई आउनु भएका नृपराज उपाध्यायलाई पुन ः स्वागत गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष विकले पालिकाको समग्र विकासमा टेवा पुगाउन महत्वपुर्ण भुमिका खेल्न अनुरोध गर्नुभयो । स्वागत तथा विदाई कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष धनिराम वलि, वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारी, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । स्वागत तथा विदाई कार्यक्रमको संचालन योजना अधिकृत दिल बहादुर पौडेलले गर्नुभएको थियो ।