
डडेल्धुरा : डडेल्धुरा जिल्लाको गन्यापुधारा ३ सकायलमा बस्ने मनोज कुमार विष्टको द्धन्दकालमा लागेको गोली खुट्टामा अझै पनि छ । नेपाल आर्मिबाट अवकास प्राप्त विष्ट असक्त छन । द्धन्दकालमा गोली लागेकाले अवकास पछि पनि बाहिर विदेश, शुरक्षागार्ड लगाएतमा काम गर्ने अवस्था नआएपछि उनि कृषि पेषा तिर लागेका हुन ।
द्धन्दकालमा एकै खुट्टामा मनोजले २ वटा गोली लाग्यो । घरमा मनोज एक्लो छोरा कहि कतै बाहिर जाने अवस्था नभएपछि उनलाई बाध्यता पनि आइलाग्यो कुखुरा पालन गर्न ।
नेपाल आर्मिमा भर्ना भएको एक वर्ष पुरा नहुदै उनलाई गोली लागेको थियो । २०६० असोजमा भर्ना भएका उनि २०६१ असोज महिनामै उनको खुट्टामा गोली लागेको हो । गोली लागेपनि उनले १६ वर्ष ९ महिना १२ दिन आर्मिमै रहेर देसको सेवा गरेका थिए ।
मनोजले कुखुरा पाल्न थालेपछि आफ्नो घरखर्च यसैबाट चलाएका छन । बाहिर बाट आउने अण्डा भन्दा मनोजले पालेको कुखुराका अण्डालाई उपभोक्ताले रोज्ने गरेका छन ।
अहिले कुखुराको लागी निर्माण गरिएको यो खोर मनोज एक्लैले बनाएका हुन । सिप र जागरले भरिएका मनोजले आफ्नो आवश्यकताको काम आफै गर्दै आएका छन ।
मनोजले कुखुरा पालनमा झण्डै १० लाख जति लगानी लगाइसकेका छन । उनलाई घरका परिवारले भने कुखुरा पालनमा सहयोग गरिरहेका छन । बजार कुखुराको राम्रो छ, दैनिक १६,१७ क्यारेट अण्डा उत्पादन हुदै आएको छ ।
कुखुरा पालनमा लागेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले १ लाख ९४ हजार खोर निर्माण र चल्लाको लागी सहयोग पाएको मनोजले बताए ।
आफु अपाङ्ग भएपनि उनले कहिलै अपाङ्ग भएको महसुस हुन दिएका छैनन् । जंगल जाने रुख काट्ने देखि विजुली बत्तिको काम समेत उनि आफै गर्ने गरेका छन । उनले धेरै सिप पल्टनमै हुदाँ सिकेका हुन ।
मनोजको यो मेहेनत र लगनसिलताले उनलाई आत्मनिर्भर बन्नाएको छ । उनको सक्रियताले अन्य युवाहरुलाई पनि प्रेरणा दिएको छ । खबरगन्ज टिमले निर्माण गरेको भिडियो कथा हेर्नुस्