
नेपालगन्ज : पछिल्लो समय चर्चामा रहेकी सुनिता बुढा र चर्चित गायक खुमन अधिकारीको सयुक्त आवाजमा जमानाले राम्रो बनायो बोलको तिज गित सार्वजनिक भएको छ । युएस खबरको दोस्रो प्रस्तुतिमा जमानाले राम्रो बनायो तिज गित सार्वजनिक भएको हो । विक्रमबाबु विश्वकर्माको शव्द तथा खुमन अधिकारीको लयमा गित बनेको हो । गितको भिडियोमा स्वयम गायक खुमन अधिकारी, मोडेल रुविना अधिकारी, अभिषेक खड्का र अनु पराजुलीको अभिनय रहेको छ । भिडियोको निर्देशन शंकर विसीले गरेका हुन । गित युएस खबर मिडिया नेटर्वक युटुव च्यानलमा सार्वजनिक भएको छ ।युएस खबरले यस अघि पनि मायालाई सुहायो बोलको तीज गीत बजारमा ल्याईसकेको छ । गीत हेर्नुस