राप्ती सोनारी : शिक्षामा ७ करोड २५ लाख बजेट

उच्च शिक्षा अध्ययन गर्नेलाई ५ लाख सम्म सहयोग

खगेन्द्र दाहाल, राप्ती सोनारी, अगैया : बाँकेको राप्ती सोनारी गाउँपालिकालले शिक्षाको क्षेत्रमा चालु आर्थिक वर्षका लागि ७ करोड २५ लाख बजेट पनि विनियोजन गरिसकेको छ । गत आर्थिक वर्षमा ५ करोड ५० लाख छुट्टाइएकोमा यो वर्ष बढेर आएको हो । शिक्षा नै विकासको मुल आधार मानेर पालिकाले लगानी लगाएदै आएको हो । राप्ती सोनारी गाउँपालिकाको आन्तरिक आय बलियो भएकोले पनि शिक्षामा भने जस्तो लगानि लगाउन सकेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले जानकारी दिए ।

नमुना विद्यालय विकास देखि शिक्षक सेवा आयोग तथा लोकसेवा आयोगको तयारी सम्म गाउँपालिकाले शिक्षा शाखा मार्फत चालु आर्थिक वर्षमा कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले शिक्षा शाखा मार्फत ३० बुदे कार्यक्रमहरु गर्ने गरि योजना बनाएर सोहि अनुसार बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष मनिसा थारुले जानकारी दिइन । उपाध्यक्ष थारुले विद्यालय भवन निर्माण तथा मर्मत, स्नातक तहको उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थिहरुलाई आर्थिक सहयोग गर्ने जस्ता उपलव्धी मुलक कार्यक्रम शिक्षातिर संचालन गरिने बताइन । राप्ती सोनारी गाउँपालिकाले ११ औं गाउँ सभाबाट आर्थिक वर्ष २०७९÷०८० का लागि बार्षिक बजेट तथा कार्यक्रम शिक्षा तथा खेलकुद शाखा मार्फत संचालन गर्ने गरि सावैजनिक समेत गरिसकेको छ । शिक्षामा गरेको लगानीलाई सहि सदुपयोग गर्न सके राप्ती सोनारीले क्षिक्षामा फड्को मार्ने निश्चित जस्तै रहेको स्थानिय झग्गु वलिले बताए ।

गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख जिवन न्यौपानेका अनुसार राप्ती सोनारीमा स्थानिय सरकार आएपछि शिक्षामा गरिएको लगानीले प्रतिफल राम्रो दिन थालेको उल्लेख गरे । गाउँपालिकामा रहेका ५४ वटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था मजबुद बनाउने उदेश्यका साथ कार्यक्रमहरु संचालन हुने शिक्षा शाखा प्रमुख न्यौपानेले जनाए । विद्यालयमा हुने गतिविधि र कमजोर अवस्थामा रहेका विद्यालयलाई सुधार गर्दै लैजान मासिक रुपमा प्रध्यानाध्यापकहरुको मासिक बैठक संचालन गर्नेका साथै कमि कमजोरीलाई सुधार्दै लैजाने निति पालिकाले लिएको अध्यक्ष पौडेलले बताए । गाउँपालिकाले शैक्षिक परामर्शदाता नियुक्ति गरी शैक्षिक स्तर उकास्न सल्लाह, सुझाव र नयाँ योजनाहरु बनाउने भएको हो । शिक्षा तथा खेलकुद शाखा अन्तर्गत संचालनमा आउने कार्यक्रममा आधारभुत तथा माध्यमिक तहका शिक्षक र पुर्व प्राथमिक कक्षाका शिक्षकहरुलाई पुनर्ताजकी तालिम संचालन गर्ने, विद्यालय स्तरिय तथा आधारभुत तह कक्षा ८ परीक्षा व्यवस्थापन र संचालन गर्ने, विद्यालयहरुलाई (आधारभुत तहका) लेखा र इमिएस तालिम दिइने छ ।

शिक्षा शाखाका अनुसार शैक्षिक क्यालेण्डर निर्माण, गाउँ शिक्षा योजना निर्माण पनि यसै आर्थिक वर्षमा गरिने छ । शिक्षक दरबन्दी न्युन रहेका विद्यालयहरुलाई शिक्षण सहयोग शिक्षक अनुदान पोषाक, चाडपर्व सहित सुविधा प्रदान गरिने कार्यक्रम रहेको शाखा प्रमुख न्यौपानेले जनाए । पुर्व प्राथमिक तहका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई प्रोत्साहन भत्ता प्रति महिना थप गरिने उक्त बजेट संघिय ससर्तमा उल्लेख रहेको शाखाले जनाएको छ । राप्ती सोनारी गाउँपालिकामा पालिका स्तरिय अतिरिक्त क्रियाकलाप संचालन व्यवस्थापन, गाउँपालिका स्तरिय नमुना विद्यालयको विकास, राष्ट्रपनि रनिङ्ग सिल्ड प्रतियोगिता अध्यक्ष कप यस वर्ष पनि हुने गरि आवश्यक बजेट विनियोजन गरिएको उपाध्यक्ष थारुले बताइन । सामुदायिक क्याम्पसहरुमा शिक्षकको कमिका कारण पठनपाठनमा समस्या आउने गरेको गुनासो आउन थालेपछि गाउँपालिकाले यसतर्फ विषेश ध्यान दिएको पाइन्छ ।

क्याम्पसहरुलाई शिक्षण अनुदान दिने गरि यस पटक पालिकाले आवश्यक बजेट पनि विनियोजन गरिसकेको उपाध्यक्ष थारुले जनाइन । राप्ती सोनारीले स्थानिय पाठ्यक्रमको लागि पाठ्यपुस्तक छपाई तथा वितरण समेत गर्ने भएको छ । गाउँपालिकाले स्कुल बसलाई निरन्तर संचालन गर्नका लागी इन्धन व्यवस्थापनमा बजेट छुट्टाएको छ । शिक्षकको क्षमता अभिबृद्धि गर्नका लाग िशिक्षक हाजिरी जवाफ प्रतियोगिता, खेलकुद साम्रगी खरिद, शिक्षक झोला कार्यक्रम नमुनाको रुपमा माध्यमिक तहका शिक्षकहरुलाई संचालन गर्ने भएको हो । बाल विकास केन्द्रलाई मजबुद बनाउन केन्द्रमा शैक्षिक साम्रगी वितरण गर्ने गरि पनि कार्यक्रम बनाइएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख न्यौपानेले जनाए ।

स्थानिय पाठ्यक्रमको स्रोत साम्रगीको लागी भिडियो डकुमेन्ट्री निर्माण गरी सिकाई प्रदान गर्ने, सम्पुर्ण सामुदायिक विद्यालय इन्टरनेट तथा ई हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा नियुक्त भएका शिक्षकहरुको अपुग तलब समेत प्रदान गर्ने गरि बजेटको व्यवस्थापन भैसकेको शिक्षा शाखाले जनाएको छ । विद्यालयहरुमा बेला बेलामा अवलोकन, अनुगमन गर्ने, शैक्षिक सुधारका लागी दवाव दिने कार्य समेत गरिने गरि कार्यक्रम निर्माण गरिएको शाखाले जनाएको छ । राप्ती सोनारी गाउँपालिकाले विषेस गरी जेहेन्दार विद्यार्थिहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि ५ लाख सम्मको प्रोत्साहन रकम समेत दिने भएपछि विद्यार्थिहरुमा एक किसिमको हौसला बढेको छ ।

प्रतिक्रिया