शुभ प्रभात ।
मेष: संघर्ष बिना सफलता नमिल्ला । केही अफ्ठ्याराहरु पार गर्नु पर्ला । निर्णय क्षमताको कमीले दुःख दिन सक्छ ।
वृष: मन अशान्त रहन सक्छ । अरुको तीखो वचनले यहाँको भावनामा चोट पुग्न सक्छ । विवादास्पद विषयबाट टाढा रहने प्रयास गर्नु होला ।
मिथुन: सहि समयमा सहि निर्णय लिने क्षमताले अगाडी बढ्न मद्दत गर्ला । परेको बेला परिवारबाट सहयोग मिल्ला ।
कर्कट: खर्च बढेर जानेछ । काममा केही बाधा झेल्नु पर्ला । मनमा भय वा शंकाले वास गर्न सक्छ ।
सिंह: आत्म विश्वास निकै नै बढ्ला । भोज वा त्यस्तै कार्यक्रम हुन् सक्छन । काम सोचेभन्दा छिटो बन्ला । दक्षिण दिशाको यात्रा फलदायी बन्न सक्छ ।
कन्या: आम्दानी भन्दा खर्च बढी गर्नु पर्ला । मेसिनरी सर सामान बिग्रेर दुःख दिन सक्छ । परिवारले सहयोग नगर्लान ।
तुला: गरेका काम राम्रै सँग बन्नेछन् । आम्दानी र खर्च बराबरै जस्तो होला । पूर्व दिशाको यात्रामा विचार पुर्याउनु होला ।
वृश्चिक: दिनमा खासै प्रगति नहोला । काममा बढी सीप , समय र खर्च गर्नु पर्ला । अस्वस्थताले दुःख दिइरहेको भए त्यसमा सुधार हुनेछ । अंक ११लाई शुभ अंकका रूपमा लिन सकिन्छ ।
धनु: अस्थिरताले यहाँको प्रगतिमा बाधा पुर्याउन सक्छ । व्यापारबाट उल्लेख्य फाइदा हुनसक्छ । दिनमा धार्मिक कार्य हुन सक्छ ।
मकर: दिनमा खासै प्रगति नहोला । स्वास्थ्यमा समस्या देखापर्न सक्छ । नसोचेको समस्याले टाउको दुखाई बढाउन सक्छ ।
कुम्भ: साथी भाइ बन्धु बान्धवको रमाइलो साथ यहाँलाई मिल्ने छ । अध्यनमा प्रगति होला । सेतो रंग शुभ रंगको रूपमा लिन सकिन्छ ।
मीन: राम्रै काममा खर्च बढ्ला । गरेका काम राम्रै सँग बन्नेछन् । विपक्षीले यहाँ विरुद्धको षडयन्त्रमा हार खाने छन्।