राप्ती सोनारीको कृषि बजेट : २ करोड ५५ लाख बढि

खगेन्द्र दाहाल, अगैया : बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि क्षेत्रमा लगानि बढाएको छ । गत आर्थिक वर्षमा भन्दा यस आर्थिक वर्षमा कृषि शाखा अन्तरर्गत संचालन हुने कार्यक्रमहरुमा बजेटको क्षेत्र बढाएको हो । गाउँपालिकाले ११ औं गाउँसभा बाट कृषि क्षेत्रमा आवश्यक बजेट छुट्टाएको हो । गाउँपालिकाले किसानलाई व्यवसायिक बनाउन उत्पादन देखि शित भण्डार सम्मको योजना ल्याएको हो ।

गाउँपालिकाले कृषि शाखा अन्तरर्गत १ करोड ८७ लाख ४७ हजार बजेट छुट्टाएको गाउँपालिकाका उपाध्यक्ष मनिसा सिंह थारुले जानकारी दिइन । त्यस्तै गरि कृषिमा सशर्त अनुदान ६८ लाख आएको राप्ती सोनारी गाउँपालिका कृषि शाखाका प्रमुख चन्द्रा शाहीले बताइन । शाहीका अनुसार छुट्टाइएको बजेटलाई १४ बुद्धे कार्यक्रम बनाएर शाखाले संचालनको तयारी गरेको छ । कृषि शाखाले चालु आर्थिक वर्षमा सुपर जोनको निति लिएर तरकारी तथा वसन्ते मकै उत्पादन कार्यक्रम, फलफुल कार्यक्रम, च्याउ पकेट कार्यक्रम, मसला तथा अन्य बालि कार्यक्रम संचालन गर्ने भएको छ । त्यस्तै शाखाले च्याउ विउमा ५० प्रतिशत अनुदान, तरकारी मिनिकिट वितरण, आकस्मिक बालि संरक्षण कार्यक्रम, कृषि प्रोफाइल, धान दिवस कार्यक्रम किसानमाझमा संचालन गर्ने शाखा प्रमुख शाहिले जानकारी दिइन ।

गाउँपालिकाका किसानमाझमा सिचाँई सुविधा नपुग्दा समयमै खेति गर्न समस्या आएपछि हरेक वर्ष जस्तै यस पटक पनि सिचाँई बोडिङ निर्माण गर्न बजेट विनियोजन गरिएको छ । बाँकेमा फुलको व्यवसायको सम्भावना बढ्दै गएपछि राप्ती सोनारी गाउँपालिकाले पनि फुलको खेती गर्ने किसानलाई हौसला स्वरुप अनुदान दिने भएको हो । गाउँपालिकाले कृषि शाखा मार्फत पुष्प व्यवसायि संचालन अनुदान सिर्षकमा किसानलाई हौसला दिने भएको हो । राप्ती सोनारीमा सिक्टा सिचाँईको सुविधा धेरै रहेकाले केरा खेतिको सम्भावनालाई मध्यनजर गर्दै किसानलाई केरा खेती कार्यक्रम अनुदान संचालन गर्ने भएको गाउँपालिकाका अध्यक्ष तत्त बहादुर पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार गाउँपालिकामा रहेका सहकारीहरुलाई उत्पादनमुखि बनाउन सहकारी प्रवद्र्धन कार्यक्रम संचालन गर्न लागिएको जसको लागी आवश्यक बजेट समेत विनियोजन गरिएको उल्लेख गरे । राप्ती सोनारीका किसानले उत्पादन गरेको तरकारी, फलफुल लगाएतलाई शित भण्डारमा राख्ने गरि क्रमागत रुपमा शितभण्डार निर्माण गर्न पनि बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताए । राप्ती सोनारीका अधिकांस जनता कृषि कर्म गर्ने भएकाले कृषि विकासलाई मुख्य ध्यान दिइएको अध्यक्ष पौडेलको भनाई छ । अध्यक्ष पौडेलले कृषि उत्पादनलाई जोड दिदै पकेट जोन बनाउने, समुह सहकारी मार्फत किसानहरुलाई सेवा प्रदान गर्ने र व्यवसायिक बनाउने लक्ष्य लिएको बताए । उपाध्यक्ष थारुले बाटो घाटो भन्दा पनि मल व्यस्थापन, प्राङगारिक मल उत्पादन तर्फ किसानलाई सहयोग गरिने उनले बताइन ।

प्रतिक्रिया