
अगैया : बाँकेको राप्ती सेनारी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा सरुवा भई आउनुभएका हरि बहादुर खत्रिलाई स्वागत गरिएको छ । सल्यानको कालिमाटी गाउँपालिकाबाट उनी केहीदिन अघि मात्र सरुवा आउनुभएका खत्रिलाई गाउँपालिका कार्यालय अगैयामा स्वागत गरिएको थियो ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, जनप्रतिनिधीहरु, लेखा अधिकृत गौरवकुमार लामिछाने तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई डायरी र ढाका टोपि दिएर स्वागत गरे । यसअघि पनि थुप्रै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको खत्रिसँग अनुभव छ । खत्री सुशासन र आर्थिक पारदर्शितामा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । लामो अनुभव र नयाँ जोस जागर भएकाहरु विचको टिमले गाउँपालिकालाई समृद्ध गराउन सक्ने खत्रिले बताउनुभयो ।
राप्ती सोनारी गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफुले इमान्दारिता पुर्वक काम गर्ने खत्रीले प्रतिवद्धता जनाउनुभयो । काम गर्ने समयमा कुनै बेला समस्या आए समन्वय गरेर समस्याको समाधान खोजिने उहाँले जनाउनुभयो । गाउँपालिकाको योजना कार्यान्वयनमा शाखा शाखा विचको समन्वय अपरिहार्य रहेको बताउँदै प्रमुख प्रशासकिय अधिकृत खत्रिले यसतर्फ ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले जनताको कामलाई पहिलो प्राथमिकता दिन अनुरोध गर्नुभयो । राप्ती सोनारीको समग्र विकासको लागी जवाफदेहि, निश्पक्ष ढङगले काम गर्नुहुनेछ भनि विस्वास लिएको अध्यक्ष पौडेलले जनाउनुभयो ।