
बाँकेको नेपालगन्ज उप महानगर पालिका १६ चौलिका चोक स्थित बाट १५० ग्राम ब्राउन सुगर सहित एक जना प्रक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले संकास्पद रुपमा हिडि रहेको अवस्थामा बर्दिया बढैयाताल गा.पा.१ शान्तिपुर बस्ने २४ बर्षिय प्रविन वि.सी.लाई फेला पारी चेक जाँच गर्ने क्रममा लगाएको ज्याकेटको दाहिने खल्तिमा लुकाई छिपाई राखिएको अवस्थामा पक्राउ गरिएको हो ।
बिसीले ३ वटा सेतो प्लाष्टिकमा पोका पारी राखीएको १५० ग्राम लागु औसध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ र साथबाट नगद तिन हजार सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रविनलाई लागू औषध नियन्त्रण ऐन २०३३ को परिछेद १४ को उप दफा १ को छ (३) बमोजिम १५ वर्ष देखि जन्म कैद र ५ लाख देखि २५ लाख सम्म जरिवाना हुन सक्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक मधूसुधन न्यौपाने जानकारी दिए ।
पक्राउ परेका प्रविनले विगत १ वर्ष देखि लागु औषध सेवन तथा कारोवार गर्ने गरेको, भारतको रुपैडिया गई भारतिय व्यक्त संग नगद ४ लाखमा खरिद गरी ल्याएको र सडक मार्ग प्रयोग गरी काठमाण्डौ लैजाने उद्देश्यले लिएर आएको अनुसन्धानले देखाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।
