खजुरामा नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

खजुरा : बाँकेको खजुरा गाउँपालिकामा सरुवा भई आउनुभएका नृपराज उपाध्यायलाई प्रमुख प्रशासकिय अधिकृतका रुपमा स्वागत गरेको छ । जागरकोट निर्वाचन कार्यालयका कार्यालय प्रमुखका रुपमा काम गर्नुभएका उपाध्यायलाई खजुरामा आज एक कार्यक्रमका विच स्वागत गरिएको हो ।

यस अघि खजुरामा कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी दैलेखको गुँरास गाउँपालिकामा सरुवा भई गएपछि आज हाजिर हुन खजुरा गाउँपालिकामा उपाध्याय आउनुभएको हो । प्रमुख प्रशासकिय अधिकृत उपाध्यायलाई फुल र खादाले खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका, वडा नम्बर ५ का वडा अध्यक्ष गरिवे सेख, कार्यपालिका सदस्य तथा अन्य कर्मचारीहरुले स्वागत गरेका हुन । स्वागत गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष विकले समग्र खजुराको विकास गर्ने सवालमा सकारात्मक भई कार्य सम्पादन गर्नेमा विस्वस्थ रहेको बताउनुभयो ।

अध्यक्ष विकले कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध एकै परिवार विचको सम्बन्ध हुने भएकाले सबैको मन जित्ने गरि काम गर्न निर्देशन दिनुभयो । उपाध्यक्ष मन्जु मल्लले भर्खर आउनुभएको प्रमुख प्रशासकिय अधिकृतले खजुराको अवस्थालाई बुझेर स्थानिय सरकारलाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । आज हाजिर हुनुभएका प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले आफु निति नियममा रहेर गाउँपालिकाको कार्य सम्पादन गर्ने बताउनुभयो ।

सहकार्य समन्वय गरेर गाउँपालिकाको हित हुने कार्य आफ्नो कार्यकालमा हुनेमा विस्वस्थ रहेन आग्रह गर्नुभयो । कर्मचारीहरुले पनि आफ्नो पदिय जिम्मेवारी लगनशिलताका साथ पुरा गर्न आग्रह गर्दै काम गर्ने कर्मचारी आफ्नो सबैभन्दा नजिकको हुने उल्लेख गर्नुभयो । आजै उहाँले गाउँपालिकामा रहेका विभिन्न शाखाका शाखा प्रमुखहरुसंग बैठक बसि पालिकाको बस्तुस्थितीको बारेमा बुझनुभएको योजना अधिकृत दिल बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया