खजुरा : बाँकेको खजुरामा मानव बेचविखन विरुद्धको दिवस मनाउने क्रममा हामि विक्रिका लगि होइनौ भन्ने नारा गुन्जायमान भएको छ । खजुरा गाउँपालिकाको आयोजनामा अन्तराष्ट्रिय मानव बेचविखन तथा ओसार पसार विरुद्धको दिवस मनाउने क्रममा भएको प्रभात फेरीमा उक्त नारा गुन्जायमान बनाइएको हो । गाउँपालिकाको कार्यालय बाट सुरु भएको र्याली खजुरा एक नम्बर बजार हुदै खजुरा मुख्य बजार परिक्रमा गर्दै इलका प्रहरी कार्यालय धनौली अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा अबको हाम्रो गन्तव्य मानव बेचविखनको अन्य, हामि सबैको एउटै आवाज मानव बेचविखन मुक्त समाज, मानव बेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान लगाएतका प्ले कार्डमा नारा लगाइएको थियो । दिवसको मुख्य नारा भने प्रविधिको प्रयोग र दुरुपयोग राखिएको थियो । र्यालि पछि प्रविधिको प्रयोग र दुरुपयोगका विषयमा सडक नाटक समेत प्रर्दशन गरिएको खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख शुसिला न्यौपानेले जानकारी दिनुभयो ।
सभालाई खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले मानव जातिलाई पशु सरह ठानेर विभिन्न बाहानामा हुने गरेको बेचविखनलाई सबै नागरिक जागरुक प्रतिकार गर्न आवश्यक रहेको बताउनुभयो । प्रविधिले पनि बेचविखनलाई बढवा दिने काम गरेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले मानव वेचविखन विरुद्ध व्यापक रुपमा लाग्न जरुरी रहेको बताउनुभयो । मानव बेचविखन रोक्न सरोकारवाला निकायले विषेश चासो दिन आग्रह गर्नुभयो ।
कार्यक्रमलाई बाँके युनेस्को क्लव, माइति नेपाल, ८ वटै वडा कार्यालयको सहयोग तथा समन्वयमा सम्पन्न गरिएको थियो ।