कंचनपुर : कंचनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ रोयलटोल बस्ने लालमनि ढुंगानालाई कोरियामा रहदाँ सिकेको काम नेपालमा लागु गरुला भन्ने लागेको थिएन । तर अहिले लालमनि ५ वर्ष कोरिया बसेर फर्केपछि घरमै व्यवसायिक बंगुर पालनमा होमिएका छन । पौरखि युवा किसान लालमनिको कथा प्रस्तुत गर्दैछौं ।
लालमनि २०७२ चैत्र महिनामा दक्षिण कोरिया कृषि पेषामै काम गर्न गएका थिए । कृषिमा पनि उनले कोरियामा बंगुर पालनमा काम गरे । ५ वर्ष सम्म बंगुर फार्म मै काम गरेका लालमनिलाई बंगुर सम्बन्धि ज्ञान हासिल गर्न सहज पनि बन्यो । पछि नेपाल आएर पनि केहि गर्न सकिन्छ कि भनेर उनले बंगुरमा काम गर्न रोजेका हुन ।
उनि नेपाल आएर फेरि फर्कने कि भन्ने नलागेको भने होइन । तर कोरोना कहर फैलन थालेपछि आफ्नै ठाउँमा केहि गरौ भनेर उनि आफु सगै केहिलाई रोजगारी दिन बंगुर पालन तिर लागेका हुन । उनले फार्ममा कोरियन प्रविधि अपनाएका छन । सरकारले प्रसोधन केन्द्र बनाइदिए आफु जस्तै बंगुर पालन गर्ने किसानलाई बजारको समस्या नहुने बताउछन ।
१५ वटा बाट सुरु गरेका लालमनिको खोरमा २ वर्ष वित्दा १७० वटा बंगुर छन । उनले बंगुर पालनमा झण्डै एक करोडको लगानी लगाइसकेका छन । मासिक २ लाख सम्मको त दाना नै बंगुरलाई खुवाउन पर्छ । उनि भन्छन् सरकारले यान्त्रिकरण, मेसिनहरुमा सहयोग गरेको खण्डमा हामि जस्ता किसानहरुलाई व्यवसाय गर्न सजिलो हुन्थो ।
लालमनिले एक वर्ष यतादेखिनै बंगुरको विक्रि वितरण सुरु गरिसकेका छन । विक्रि गर्दा बंगुरलाई आवश्यक पर्ने सेवा सुविधा र केहि कुरा सिकाएर मात्र दिने गरेका छन । सुरुवाति अवस्था भएपनि एक वर्षमा लालमनिले १० लाख बराबारको पाठापाठी विक्रि गरिसकेका छन ।
लालमनिको बंगुर खोरमा ३५ वटा माउ छन । सय वटा माउ पुगाउने उनको लक्ष्य हो । साथै कृतिम गर्भाधानलाई बढाएर बंगुरमा आधुनिकिरण गर्न खोजिरहेका छन । उनले पालेको बंगुर हेर्ने हो भने जो कोहि पनि बंगुर पालनमा लाग्न प्रेरणा मिल्ने गरेको छ ।
कोरिया जतिको कमाई नेपालमै गर्न सकिने उनि बताउँछन । घर परिवार सगैं बसेर नेपालमै पनि राम्रो आर्थिक आम्दानी गर्न सकिने उनको अनुभव छ । कोरियामा म कामदार थिए भने यहाँ म आफै कामदार लगाएको छु, रोजगारी दिएको छु– उनले भने ।
लालमनि एक बाहुनको छोरो अझैपनि समाजमा बाहुनले बंगुर छुन हुदैन भन्ने छ तर पनि लालमनिको परिवारले भने बाहुन भएरपनि बंगुरको पालनमा सघाइरहेका छन । हौसला दिइरहेका छन । हामि पनि लालमनिलाई हौसला दिदै फर्कियौ ।