
नेपालगन्ज : नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी बाँकेको अध्यक्षमा सुबोध श्रेष्ठ निर्वाचित भएका छन । नेपालगन्जमा आयोजित एक भेलाले श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा टेकराज जैशी, महासचिबमा सिद्धार्थ जंग शाह, सचिबमा दिपेन्द्र सिंह एर, कोषाध्यक्षमा गोविन्द जंग सिंहलाई निर्वाचित गरिएको हो । त्यस्तै सदस्यहरुमा नरेश गौतम ,श्याम भक्त मल्ल, रबिन्द्र शाही, रितेश शर्मा भट्ट निर्बचित भएका हुन । निर्वाचित पछि अध्यक्ष श्रेष्ठले इन्स्योरेन्स क्षेत्रमा काम गर्नेहरुको हक अधिकारका बारेमा समितिले सक्रियता पुर्वक काम गर्ने प्रतिवद्धता जनाए । श्रेष्ठले इन्स्योरेन्स क्षेत्रमा समितिले सक्रियरुपमा कार्यक्रमहरु पनि संचालन गर्ने उल्लेख गरे ।