वडाअध्यक्ष ओलीको पहलमा टेलिकमको टावर निर्माण हुँदै

अहिले सूचना तथा संचार प्रविधिको युग हो । यो प्रविधिको प्रयोगले देशका दूरदराजका मान्छेसँग सम्पर्क गर्ने मात्र नभई देश विदेशमा रहेका आफन्तसँग क्षणभरमै कुरा गर्ने वातावरण सिर्जना गरिदिएको छ । साथै सामाजिक सञ्जालको माध्यमबाट आमने सामने बसेर कुरा गर्नु प्रायः सामान्य भइसकेको छ । तर, बाँकेको राप्तीसोनारीका जनता नेपाल दूरसञ्चारको सेवाबाट वर्षौ टाढा रहे ।

अहिले पनि उक्त सेवा लिन उनीहरुलाई आफ्नो गाउँ ठाउँ छोडेर नेटवर्क कहाँ टिप्छ भनेर नेटवर्क खोज्दै हिँड्नु पर्ने बाध्यता व्याप्त छ ।
देश लामो समय द्वन्द्वमा फस्यो । त्यस्तोबेलामा कसलाई आफ्नो पीडा सुनाउने रनभुल्लमा थिए राप्ती सोनारी वडा नम्बर २ स्थित टिकुलीपुर र राजपुर क्षेत्रका बासिन्दा । विस्तारै देश संघीयतामा होमियो र उनीहरुको आश पलायो ।

दूरदराजमा रहेका आफन्तसँग कुरा गर्ने वातावरण स्थानीय जनप्रतिनिधिले बनाइदिन्छन् भन्ने । सोही अनुरुप उनीहरुले चुनावमा भोट माग्न आउने जनप्रतिनिधि सामु अन्य विकास निर्माणसँगै दूरसञ्चार प्राधिकरणसम्म आफ्नो पहुँच पु¥याउनु पर्ने माग प्राथमिकता साथ राखे ।
नेकपा एमालेबाट निर्वाचित भएका राप्तीसोनारी वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली आफू भोट माग्न जाँदा टेलिकमको टावर स्थापना गरिदिनु पर्ने स्थानीयले माग राखेको सम्झन्छन् ।

भोट माग्न गएको बेला आफूले जिते नेपाल टेलिकमको टावर स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका वडा अध्यक्ष ओलीले टेलिकमसँग समन्वय गरेर टिकुलीपुर र राजपुर क्षेत्रका बासिन्दालाई संचारसँग जोड्न सफल भएका छन् । हुन त उनले आफू जितेलगत्तै टावरका लागि समन्वय नगरेका भने होइनन् । विविध कारणवश अहिले उक्त क्षेत्रमा टेलिकमको टावर निर्माण भइरहेको छ ।

अध्यक्ष ओलीले अबको एक महिनाभित्र टावर निर्माण सम्पन्न भई सेवा सुचारु हुने बताएका छन् । टेलिकमको टावर निर्माण कार्य सम्पन्न हुने क्रममा रहदै गर्दा स्थानिय जनताले अध्यक्ष ओलीले आफ्नो प्रतिवद्धता पुरा गरेकोमा धन्यबाद दिएका छन । अध्यक्ष ओलीले वडाको विकासका लागि आफुले स्थानिय जनताको सहयोग पुर्ण मिलेको उल्लेख गरे । ‘कुनै पनि विकासका कामलाई पुर्णता दिन स्थानिय जनताहरुको बराबर सहयोग पाएको छु, जनताका अपेक्षा पुरा गर्न मेरो मुख्य जिम्मेवारी हो’ उनले भने । मैले निर्वाचनका बेला दिएका बाचाहरु पुरा गर्ने क्रममा छु, बाँकी रहेका बाचाहरु पनि पुरा हुने नै छन, यसमा म प्रतिवद्ध छु, वडाध्यक्ष ओलीले भने ।

प्रतिक्रिया