डडेल्धुरा आलितालका हर्कको बाख्रा पालन (भिडियो कथा)


खगेन्द्र दाहाल
डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका ७ थलिमा हर्क जि बस्नुहुन्छ । हाइवे बाट हर्क बहादुरको घर पुग्न दिनभरीको समय छुट्टाउनु पर्ने रहेछ । हामिलाई थलि भन्ने स्थान काहाँ भन्ने थाहा थिएन तर पनि सोध्दै खोज्दै आफ्नो यात्रा अघि बढायौ । केहि घण्टा गाडिमा कठिन यात्रा पछि हामि हराउछौ कि भनेर हर्क जि कुद्दै कुद्दै आइपुग्नु भयो । हर्क जि लाई पनि गाडिमा केहि परसम्म यात्रा गरेयौ । हर्क जि को घर जाने बाटो बन्दै रहेछ । विचमा बाटो नै थिएन । अनि हामी हर्कजिको घरतिर जान पैदल यात्रा सुरु गरयौ । हर्क जिले हामिलाई धेरै टाढा छैन भनेर आफ्नो गफमा भुलाउदै गर्दा कतिवेला करिव १ घण्टाको पैदल यात्रा तय गरिएछ पतै भएन । हाइवे बाट हर्क जिको घर पुग्न झण्डै दिनभरीको समय तय गर्न पर्ने रहेछ ।

अ साँचै उहाँको पुरा नाम हर्क बहादुर बुढाक्षेत्री हो । उमेरले ४६ वर्षको हुनुभयो । हर्क जि को गाउँमा बाटो छैन, विजुली छैन । तर पनि हर्क जि संग एउटा बाख्रा पालन फर्म छ । बाख्राहरु पनि हिष्ट पुष्टा छन । बाख्रा पालन नै हर्क र उनको परिवारको आम्दानीको मुख्य श्रोत हो । बाख्रा सगैं भैसी, कृषिमा तरकारी लगाएत खेतिपाति कर्म नै उनको काम हो । १०८ वटा बाख्रा छन । २०÷२५ वटा बाट सुरु गरेको व्यवसाय बढेर सय बढि पुगिसकेको छ । २०७४ बाट व्यवसायिक बाख्रा पालन सुरु गरेको उनि सम्झन्छन । बाख्रा पालन गर्मिमा अझै धेरै समसया आउने गरेको उहाँ बताउनुहुन्छ । गाउँका साथिभाई धेरै भारततिर कमाईमा लागि गएका छन । हर्कलाई अर्काको देशमा गएर काम गर्न भने मन छैन ।

बाख्रा पालन बाट ५ लाख सम्म आम्दानी भैरहेको हर्कले बताउनुभयो । उन्नत जातका बाख्रा समेत उहाँले पाल्दै आउनुभएको छ । तराइतिर जमिन किने, घर खर्च चलाइरहेको छु, घर पनि बाख्रा पालनको आम्दानी बाट बनाएको उहाँ बताउनुहुन्छ । बाख्रा पालन अझै बढाउदै लैजाने योजना सुनाउदै हर्कले भन्नुभयो घरमा हामि धेरै छौ बाख्राले सबैलाई रोजगारी दिएको छ । बास्तवमै हर्क जस्तै धेरै किसान छन जसले कृषि कर्म गरेरै आफ्नो जिविका चलाइरहेका छन । म र मेरो टिम हर्कजी लाई थप प्रगतिको कामना गर्दै नेपालगन्ज फर्कियौ ।

किसान हर्क जीको बारेमा निर्माण गरिएको भिडियो कथा हेर्नुस्

प्रतिक्रिया