खजुराको सडकमाथि पेडारी नालाको पानी (फोटो)

खजुरा : बाँकेको खजुरामा आज विहान देखि परेको अविरल वर्षका कारण पेडारी नालाको पानि सडकमाथि आइपुगेको छ । सडक माथि बाट पानि बग्न थालेपछि आवात जावतमा कठिनाई परेको स्थानिय बताउँछन ।

खजुरा गाउँपालिकाले आवात जावतमा सहज बनाउन शुरक्षाकर्मिको सहयोगमा उद्धारका कार्य गरिरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिनुभयो । इलका प्रहरीको कमाण्डमा अहिले सडकमा आवात जावतमा सहजता ल्याउने प्रयास गरिएको अध्यक्ष विकले बताउनुभयो । प्रहरीलाई लाइभ ज्याकेट र डोरी गाउँपालिकाले उपलव्ध गराएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले जनाउनुभयो ।

खजुराको अन्य डुवान क्षेत्रहरुमा अवलोकन गरि तत्काल गर्न सकिने काम, उद्धारतर्फ सम्पुर्ण गाउँपालिकाको टिम लागिपरेको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले उल्लेख गर्नुभयो । प्रभावित क्षेत्रमा जनप्रतिनिधि र कर्मचारी खटिएको र केहि परे तत्काल खबर गर्न अध्यक्ष विकले आग्रह गर्नुभएको छ । खजुरामा बैकल्पीक बाटो नहुँदा वर्षायाममा वर्षेनि जनताहरु जोखिम मोलेर यात्रा गर्नुपरिरहेको छ ।

प्रतिक्रिया