संजय आचार्य
बर्दिया ,साउन : जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले गत बर्ष भन्दा यस आर्थिक बर्षमा बढी राजस्ब संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियका अनुसार गत आर्थिक बर्ष २०७८/७९मा कुल १ करोड ३ लाख ३१ हजार राजस्ब संकलन गरेको हो । आर्थिक बर्ष २०७७/७८ मा १ करोड १ लाख ५९ हजार ५ सय मात्र राजश्व संकलन गरेको थियो ।
दुइ बर्षको आकडालाइ हेर्दा आ.ब.०७७/७८ र आ.ब.७८/७९ अषाढ सम्ममा सवारी दुर्घटनाबाट बर्दिया जिल्लामा मात्र १ सय ९६ सवारी दुर्घटनामा २ सय ३१ जना गम्भिर घाइते भएका छन भने ९० जना सामान्य घाइते हुनुका साथै ८३ जनाको मृत्यु भएको रेकर्डले देखाएको छ ।
दुर्घटनामा यति धेरै संख्यामा मृत्यु हुनु अस्वाभिक स्थिति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख इश्वर देवकोटाले बताउनु भएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा ८९ वटा सवारी दुर्घटनाको संख्या रेकर्ड भएको छ जसमा ३७ जनाको निधन भएको छ भने ८८ जना गम्भिर घाइते भएका छन भने ५२ जना सामान्य घाइते भएका छन भने गत आर्थिक वर्ष ०७८/०७९ को अषाढ मसान्त सम्ममा १ सय ७ वटा सवारी दुर्घटनाको संख्या रेकर्ड भएको छ जसमा ४६ जना मानिसको निधन भएको छ भने १ सय ४३ जना गम्भिर घाइते भएका छन भने ३८ जना सामान्य घाइते भएको देवकोटाले बताउनु भएको छ ।
जब सम्म नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन तव सम्म सवारी दुर्घटना न्यूनीक गर्न कठिन हुने प्रहरी हवल्दार कृष्ण डागी बताउनु हुन्छ । आफुहरु डिउटीमा रहेका बेला प्रायजसो मोटरशाइल तिब्रगतीमा कुदेको पाइनुका साथै पैदलयात्री र शाइकल यात्रीले पनी नियमको पालना नगरेको डागीले बताउनु भयो । सडकको सही प्रयोग नहुनुपनी दुर्घटनाको मुख्य कारण हो वहा बताउनु हुन्छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न चालक का साथै स्थानीयले पनी ट्राफिक नियमको पुणर् पालना गर्नुपर्छ ।सडक विभाग र यातायात कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न समय समयमा गाडिको चेक जाचमा कडाइ गरे केही मात्रामा भए पनी दुर्घटना न्यूनीकरण गर्न मद्दत मिल्ने स्थानीय नदिम अहमद बताउनु हुन्छ ।