नेपालगन्ज : बाँकेमा केहि दिन यता कुखुरा तस्करी बढ्दा व्यवसायिक किसानहरु चिन्तामा परेका छन । भारतबाट सुला सिमाको फाइदा उठाउँदै कुखुरा भित्रन थालेपछि नेपालका किसानको कुखुरा विक्रि हुन छाडेको छ । नेपाल र भारतको कुखुरामा ४० रुपैया प्रति किलो फरक छ । थोरै नाफा पाइने भएकोले व्यापारीले चोरी बाटो भएर भारतबाट कुखुरा भित्राइरहेका छन ।
अहिले किसानले पालेको कुखुरा प्रति किलो २ सय दिदाँ पनि व्यापारीले खरिद नगरेको किसानहरु बताउँछन ।अहिलेको समयमा बाँकेमा तयारी कुखुरा प्रत्येक हप्ता ८० हजार देखि १ लाख सम्म बजार लैजानका लागी रेडि हुन्छन । एक हप्ता पनि कुखुरा विक्रि नहुदाँ किसानले लाखौको नोक्सानी वेहोर्न परिरहेको बाँकेका कुखुरा व्यवसायि संघका कार्यबाहक अध्यक्ष इश्वर सुवेदीले जानकारी दिनुभयो । कुखुराको पालनमा लगानी किसानलाई धेरै लाग्ने भएपनि उत्पादनको आधारमा विक्रि नहुदाँ थप समस्या बेहोर्न बाध्य भएको किसानहरु बताउँछन । भारतबाट खुलेयाम नेपाल कुखुरा भित्रिरहेको छ का.व. अध्यक्ष सुवेदिले बताउनुभयो ।