दोहोरो अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १८.०३ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.९० प्रतिशतले बढेर २०२९.४३ बिन्दुमा पुगेर बन्द भएको छ।

सोमबार कारोबारमा आएका २११ वटा धितोपत्र तथा ऋणपत्रको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयरको २३ हजार ३८३ पटकमा एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९६० रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
आज बरुण हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.९८ प्रतिशतले बढेर २९८ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, इमर्जिङ नेपालको सेयर मूल्य ९.६२ प्रनितशले बढेर अन्तिम मूल्य ७७४ कायम भएको छ।

सोमबार मूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड र कुमारी इक्युटी फण्ड रहेको छ। सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य ५.९० र कुमारी इक्युटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले घटेको हो।
यस दिन सर्वाधिक सेयर खरिद-बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ कायम भएको छ।

सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ। यस दिन उक्त कम्पनीको ७ करोड ३९ लाख बराबरको सेयर खरिद-बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ११ वटा समूहको परिसूचक बढेको छ भने बाँकी २ वटाको घटेको छ। सोमबार होटल्स तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ४.९३ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक २.०८ प्रतिशतले बढेको हो।

त्यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा बढी ०.२७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया