‘गोआर बन्जारा’ जातीलाई लोपउन्मुख जातिमा सुचिकृत गर्न माग

संजय आचार्य, बर्दिया फाल्गुन : बर्दियाको गुलरियामा रहेको गोआर बन्जारा जातीले गोआर बन्जारा जातीलाई लोपउन्मुख जातीमा समाबेश गर्नु पर्ने माग गरेका छन । बर्सौ देखि बर्दियाको गुलरीया नगरपालिकाको वडा न १ र ३ मा बसोवास गर्दै आएका गोआर बन्जारा जातीको आफ्नो छुट्टै मातृभाषा, परम्परा र रितिरिवाज रहेको छ । आफनै सामाजिक परम्परा र छुटटै इतिहास भएको गोआर बन्जारा जातिलाई राज्यले लोपउन्मुख जातिमा सुचिकृत नगरेको प्रति गोआर जातिले दुखेसो पोखेका छन ।

बिगतकम बर्षहरुमा पहिले ब्यापार ब्यवसाय गर्ने , गाउने बजाउने , एक ठाउबाट आर्कौ ठाउमा हिडडुल गर्ने बन्जारा जाति अहिले खेति तथा मजदुरी पेशा गरेर आफनो जिविका चलाउदै अएका छन । सामाजिक तथा आर्थिक रुपमा पछि परेका गोआर बन्जारा जातिलाई लोपउन्मुख जातिमा सुचिकृत गरि राज्यबाट पाउने सेवा सुबिधा पाए आफ्नो समुदाय केही अघि बढने उनीहरुले बताउका छन ।

२०७४ सालमा जिल्ला प्रशासन कार्यालय बर्दियामा नेपाल गोआर बन्जारा संघ गुलरिया बर्दिया नामको संस्था दर्ता गराइ पटक पटक सरकारलाई माग पत्र बुझाउदा पनि आफ्नो समस्या समाधान नभए गोआर बन्जारा समुदायका अध्यक्ष हुकुम सिंह बन्जाराले बताए ।

नेपालमा गोआर बन्जार जाति ११ सय ५२ जना मात्र रहेका छन । जसमा पुरुष ६ सय १५ जना र महिला ५ सय ३६ जना रहेका छन । गुलरिया नगरपालिका वडा नं. १ मा ३ सय ८० पुरुष र ३ सय ४६ महिला त्यस्तै वडा नं. ३ मा २ सय ३५ पुरुष र १ सय ९१ जना महिला रहेका छन ।

देशभरमै आफ्नो समुदाय १ प्रतिशत भन्दा पनि कम भएकोले आफ्नो गोआर बन्जारा जातिलाई लोपउन्मुख जातीमा समाबेश गराउन माग गरेका छन ।

हामीले आफ्नो पहिचान कहिले पाउने, संसार कहा बाट कहा पुगी सक्यिो हाम्रो देशमा पनी गण्तन्त्र आएको यतीका बर्ष भइसक्यो ,स्थानिय स्तरमा समेत हामे सुनुवाइ भएको छैन । यती भइ सक्दा पनि हामे जातीले भने आफ्नो पहिचान पाउन नसकेको अध्यक्ष हुकुम सिंह बन्जाराले दुखेसो पोखे ।

चार पटक सम्म सरकारलाई ज्ञापन पत्र बुझाउदा पनि कुनै पनि सुनुवाई नभएको ,आफ्नो जातीलाई लोपउन्मुख जातिमा सुतिकृत गराउन ,सरकारलाई भन्दा नसुनेको उनले बताए । आफ्नो समुदायमा ९८ प्रतिशत ब्यक्ति अनपढ रहेको , दस्तखग गर्न नजान्ने , औठा छाप रहेको हुदा आफनो सुनुवाइ नभएको बलवन्त सिंह बन्जारा बताउछन ।जब मान्छेमा शिक्षामा कमी हुन्छ सबै कुरामा पछि पर्ने उनले बताए ।

गोआर समुदायबाट एक मात्र श्याम नारायाण बन्जारा जो ब्याचलर सेकेन्ड समिस्टर पढदै गरेका छन उनको भनाइ अनुसार नेपालमा कम जनसंख्या रहको जातिलाई एउटा सिमा भित्र राखेर लोपउन्मुख जातिमा सुचिकृत गरेर बिभिन्न किसिमका सेवा सुविधाहरु दिएको छ तर आफनो जातिलाई लोपउन्मुख जातिमा समावेस नगरेकोमा दुखेसो छ ।आफ्नो बन्जारा जातिलाई लोपउन्मुख जातिमा समाबेश गरि राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउनुपर्ने यसबाट आफ्नो समाजको पनि बिकास हुने उनले बताए ।

बाल बालिका को भबिस्य छैन, सानै उमेरमा मजदुरी गर्न बाध्य छन । सरकारी नोकरी छैन,कच्ची घर, अशिक्षत समाज, महिलाहरुको घुम्टो प्रथाले गर्दा यस समाजको कहिले प्रगती हुने यस प्रती आफुहरु निकै अचिन्तीत भएको गोआर समुदायकी अनिता बन्जाराले बताइन । अशिक्षाकै कारण आफूहरु घुम्टो ओढन बा्रध्य छौ उनी बताउछिन । कमसेकम पुरुष हरु पढेलेखेको भएपनी केही सुधार आउने र आफले केही भएपनी सुख पाउन सक्ने बताइन ।

प्रतिक्रिया