संजय आचार्य
बर्दिया, ०१ साउन : बढैयाताल गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति तथा कार्यक्रम पारित भएको छ । आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पेश गर्दै पछिल्लो समय थारु समुदायमा देखिएको सिक्लसेल एनिमिया रोग निदानमा निति तथा कानुन बनाएर काम गर्ने र शिक्षा ,स्वास्थ्य, कृषि मा बिषेश किसिमको बजेट छुटएर काम गर्ने गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठिले बताउनु भएको छ ।
तालको विकासका तथा पर्यटन पर्वतन गर्न पूर्वाधार तथा रोजगारीलाई प्राथमिकतामा राखेर बिषेश किसिमको निति ल्याउनुका साथै आमा बचाउ छोरी हुर्काउ अभियान सञ्चालन गर्ने जसमा छोरिको जन्म भए जन्मदर्ता गराएर बैकमा खाता खोलि १ हजार जम्मा गर्ने निति तथा कार्यक्रम रहेको त्रिपाठिले जानकारी गराउनु भयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट करिब ७२ करोड रुपैंया बजेट प्राप्त गरेको जनाउँदै कृषि क्षेत्रमा आधुनिकीकरण एवं व्यवसायीकरण गरेर उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्ने, सामुदायिक शिक्षाको सुधार गर्ने, अति आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने, गाउँपालिकाबाट प्रवाह हुने सेवाहरुलाई चुस्त दुरुस्त, सरल, सहज र प्रविधिमैत्री बनाउने नीति लिइएको त्रिपाठिले बताउनु भयो ।
विपन्न, दलित, तथा गरिबीको रेखामुनी रहेका जनताको जिवनस्तर उकास्न सीपमुलक, रोजगार मुलक कार्यक्रम तयार गर्ने ,पालिकामा रहेका स्वास्थ्य संस्थाहरूलाइ स्तरोन्नति गर्ने, सेवा प्रवाह बढाउने, युवाहरूको व्यक्तित्व विकास, क्षमता विकास गर्न यथोचित कार्यक्रम ल्याइने, खेलकुद क्षेत्रको विकासका लागि प्रत्यक वडामा एउटा खेल मैदान बनाउने , गाउँमै रोजगारीको अवसरहरु वृद्धि गराउने जस्ता कार्यक्रमहरु तयार पारिएको अध्यक्ष त्रिपाठिले जानकारी दिनु भयो ।