
बर्दिया : स्थानीय तथा ग्रामिण कुखुरा प्रवर्धनका लागी स्थानीय तहहरु तथा अन्तरप्रदेशसंग समन्वयात्मक गोष्ठि बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको समन्यात्मक गोष्ठिमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कुखुरा विकास फार्मको तर्फ बाट फार्मका प्रवन्धक डा. शकर न्यौपानेले संचालित कार्यक्रम र भावि योजनाका बारेमा प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा पन्छिरोगहरुको अवस्था, चुनौती तथा रोग नियन्त्रणको लागी गर्नुपर्ने पहलहरुका बारेका पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका प्रमुख डा. नरेश प्रसाद जोशिले कार्यपत्र प्रस्तुत गनुभएको थियो । लुम्बिनी प्रदेशको कृषि,खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय, पशुपन्छि विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले लुम्बिनी प्रदेशमा कुखुरा पालनको वर्तमान अवस्था सम्भावना र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका कृषि सचिव डा. लेखराज दाहालले नेपालको पोल्ट्री व्यवसाय अवस्था, चुनौती र भावी कार्यदिशा र सुदुरपश्चिम प्रदेशमा कुखुरापालनको अवस्था, सम्भावना र चुनौतीका बारेमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामीले प्रस्तुती गर्नुभएको थियो । प्रस्तुत गरिएका कार्यपत्र माथि छलफल गरि कुखुराको विस्तार र व्यवसाय प्रवर्धनमा काम गर्नुपर्नेमा सबै सहभागिको जोड थियो ।
पछिल्लो समय आत्मनिर्भरताको व्यवसायका रुपमा रहेको कुखुरा पालन प्रति ग्रमिण स्तरमा किसानहरुको आर्कषण बढ्दै गएको कुखुरा विकास फार्मका फार्म प्रवर्धक डा. न्यौपानेले जनाउनुभयो । लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशको अवस्था हेर्दा लुम्बिनी प्रदेशमा नै अधिक कुखुरा पालन गरेको देखिन्छ । त्यसमा पनि दाङ जिल्ला सबैभन्दा धेरै कुखुरा पालन गर्ने जिल्ला हो । हाल नेपालमा ७५ प्रतिशत भन्दा बढी किसानहरु कुखुरा पालन बाट नाफा लिन सफल बनेको लुम्बिनी प्रदेशको कृषि,खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय, पशुपन्छि विकास महाशाखा प्रमुख भण्डारीले उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेशमा मात्रै ७४ प्रतिशत जनता कुखुरा पालनबाट नाफा गरेको तथ्याङ्क आएको भण्डारीले बताउनुभयो ।

गोष्ठिमा बोल्ने बक्ताहरुले पशुपन्छि पालन गर्ने किसानको पेसाको ज्ञारेन्टी सरकारले गर्नपर्ने हावश्यकतामा जोड दिएका थिए । अनुदानमुखि कार्यक्रमलाई परिमार्जन गर्न पनि जरुरी रहेको बक्ताहरुले जनाए । ग्रामिण कुखुराको क्षेत्र बढाउन सम्बन्धित निकायले चासो दिन जरुरी रहेको सुदुर पश्चिम प्रदेशका कृषि सचिव डा. धामिले बताउनुभयो । कर्णाली प्रदेशमा कुखुराको श्रोत स्थापनामा जोड दिइने सचिव डा. दाहालले प्रतिवद्धता जनाउनुभयो । जसका लागी कुखुरा विकास फार्म खजुराको सहयोग लिइने पनि उहाँले उल्लेख गनुभयो ।
स्थानिय कुखुराको क्षेत्र विस्तार गर्दै कर्णालीलाई सय प्रतिशत अग्रानिक बनाउने जसका लागी आगामि कार्ययोजनामा कुखुरालाई जोड दिइने बताउनुभयो । लुम्बिनी प्रदेशको कृषि,खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय, पशुपन्छि तथा मत्स्य विकास निर्देशनालका निर्देशक प्रवेज आलमको अध्यक्षतामा भएको गोष्ठिमा विभिन्न जिल्लाका भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख, स्थानिय तहमा रहेका पशुसेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।