खजुरामा गाउँ नै डुवाउने गरि पेडारी नालामा दोहन

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा गाउँ नै डुवाउने गरि पेडारी नालामा दोहन गरिएको छ । स्थानिय रामचन्द्र बोगटीले नालामा गोही र माछा पालन गर्ने भनि जथाभावि नाला दोहन गर्दा गाउँको पानि निकास हुने पनि बस्द गरिदिएका हुन । स्थानिय बोगटीले सरकारी जमिनमा यसरी दोहन गरेर आफ्नो स्वार्थ पुरा गर्न लाग्दा समेत स्थानिय सरकारले कुनै चासो नदेखाएको पिडित स्थानियको गुनासो छ ।

नालाको किनारमा बाध जस्तो सडक बनाएर खजुरा ३ बस्ने बोगटिले खजुराका डि गाउँ र मनकामना क्षेत्रमा बर्षायाममा डुवान हुने खतरा बढेको छ । बमेगटीले खजुरामा रहेको जिर्ण पुल किनार देखी नै जेसिवि प्रयोग गरि माटो निकालेको देखिन्छ । पुल यसैमा कमजोर रहेको त्यैमा पनि छेउबाट माटो निकालेर आफ्नो जमिनमा हालेपछि स्थानिय रुष्ट बनेका छन ।

पटक पटक नालाको किनारमा यसरी माटो खन्ने र गाउँलाई नै असर पुग्ने गरि कार्य नगर्न आग्रह गरेपनि बोगटिले अटेरी गरी दोहन प्रक्रिया अघि बढाएको स्थानियको गुनासो छ । किनारमा रहेका रुख विरुवा, बासहरु मासेर उनले नालाको आकार नै बढाउने गरी दोहन गरेको देखिएको एक स्थानियले नाम उल्लेख नगर्ने शत्रमा बताए ।

प्रतिक्रिया