खजुराको शिक्षामा ३ करोड २६ लाख ८३ हजार लगानी

खगेन्द्र दाहाल, खजुरा : बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८०मा शिक्षामा के कति लगानी लगाउने भन्ने बारेमा टुङगो लगाएको छ । गाउँपालिकाले कुल ३ करोड २६ लाख ८३ हजार शिक्षा क्षेत्रमा लगानी लगाउने भएको हो । शिक्षामा गुणस्तर ल्याउन गाउँपालिकाले विषेश ध्यान दिदै सोहि अनुसार लगानी पनि लगाएको जनाएको छ ।

खजुराको विकासको कडि शिक्षा पनि रहेकोले यसलाई महत्वपुर्ण कार्यका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । खजुराले हरेक वर्ष शिक्षा क्षेत्रको विकासका लागि लगानी गरिरहेको जनाउदै गाउँपालिका अध्यक्ष विकले सामुदायिक र सस्थागत विद्यालयलाई सुधार गर्दै सरकारी सेवा सुविधा दिने तयारी रहेको जनाउनुभयो । खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागी शिक्षामा गरेको लगानीले खजुराको थप विकासमा टेवा पुग्नेमा स्थानियहरु आसाबादी छन ।

आर्थिक वर्ष २०७९÷०८० का लागी मुख्य क्रियाकलापका रुपमा सिकाई सहजिकरणका लागी सुचना सञ्चार प्रविधिको क्षमता विकास गर्न ३ लाख बजेट विनियोजन भएको छ । आधारभुत तह निशुल्क तथा अनिवार्य शिक्षा कार्यन्वयनका लागी सामुदायिक विद्यालयहरुलाई बत्ति÷पानी÷मसलन्द÷खेलकुद र परिक्षा संचालन खर्च र विद्यालय व्यवस्थापन खर्चका लागी ३७ लाख ८८ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाले अभिभावक शिक्षाका लागी विषेश कार्यक्रम गर्ने त्यसको लागी २ लाख बजेट गाउँपालिकाले शिक्षा शाखा मार्फत खर्च गर्नेगरि बजेट विनियोजन गरेको जनाएको छ । खजुराले उच्च स्तरको प्राविधिक धारको जनशक्ति तयार गर्न २ लाख बजेट छुट्टाएको छ । खजुरामा रहेका ३० विद्यालयमा हुने कक्षा ८ परिक्षा संचालन गर्न व्यवस्थापन खर्च भनेर ४ लाख छुट्टाइएको हो ।

कक्षा कोठा सवलिकरणका लागी २ लाख, शिक्षा सम्बन्धि कार्यविधि निर्माण गर्न ५० हजार, गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुदका लागी ६ लाख विनियोजन गरिएको उपाध्यक्ष मन्जु मल्लले जनाउनुभयो । त्यस्तै, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरी टिकाउने र अभिभावक विहिन बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व ग्रहण गरि नि शुल्क शिक्षा व्यवस्थापन बैकल्पिक शैक्षिक कार्यक्रम संचालन गर्ने जसको लागि ५ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष मल्लले बताउनुभयो । खजुराले शिक्षा क्षेत्रमा पर्ने विभिन्न दिवस मनाउनका लागी १ लाख ५० हजार बजेट राखेको पाइएको छ । सबै तहका प्रधानाध्यापकहरुका लागी प्रोत्साहन भत्ताका लागी ६ लाख ६० हजार छुट्टाइएको छ ।

पुर्व प्राथमिक शिक्षकहरुको क्षमता विकास गर्न तालिम दिइने जसको लागी १ लाख विनियोजन भएको देखिन्छ । पालिका स्तरमा बालबालिकाको प्रतिभा पहिचानका लागी १ लाख छुट्टाइएको छ । खजुरामा रहेका मदरसा संचालन तथा व्यवस्थापनका लागी अनुदान दिइने र त्यसको लागी ८ लाख ५० हजार रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष मल्लले जनाउनुभयो । शिक्षा सम्बन्धि विभिन्न बैठकका लागी ३ लाख, शैक्षिक क्यालेन्डर प्रकासनका लागी ७५ हजार, शैक्षिक गुणस्तर सुधारका लागी संबाद कार्यक्रमलाई ५० हजार, शैक्षिक बुलेटिन प्रकाशनमा ५० हजार बजेट विनियोजन भएको छ ।

उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यालय, विद्यार्थि, अभिभावक र कर्मचारीलाई सम्मान गर्ने, विपदमा परेका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने, लोक सेवा तयारीका लागी निशुल्क शिक्षा दिने, द्धन्द पिडित मुस्लिम मधेशी सिमान्तकृत छात्राहरुकोलागी ११ र १२ छात्रवृद्धि, ४ कोठे भवन निर्माणमा अनुदान, युवा क्लवको क्षकता विकास, पढ्दै कमाउँदै कार्यक्रम लगाएत अन्य कार्यक्रमहरुमा गाउँपालिकाले बजेट विनियोजन गरेको पाइन्छ ।

प्रतिक्रिया