सुनचाँदी दुबैको मुल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदी दुबैको मुल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भएको छ ।

आज छापावाल सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै आज चाँदी तोलामा भने ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया