इस्तियाक राई सहित तिन जना मन्त्रिमा सिफारिस

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)ले तीन जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ।

नयाँ मन्त्रीको नाम सिफारिस गरेसँगै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ। जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, प्रदीप यादवलाई वन र मृगेन्द्रकुमार सिंह यादवलाई कृषि मन्त्रीमा सिफारिस भएको छ।

प्रतिक्रिया