नेपालगन्जमा भानुभक्त आचार्यको शालिक स्थापना

नेपालगन्ज : नेपालगन्जको न्युरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । शनिबार आदिकवि आचार्यको अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् । शालिक अनावरण गर्दै कुलपति उप्रेतीले नेपाली भाषाका प्राथमिककालिन अग्रणी स्रष्टा आचार्यलाई नेपालगन्जले सम्झीनु खुसीको कुरा भएको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, लायन्स क्लब डिष्ट्रिक ३२५ एनका गर्भनर सीबी चन्द लगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका, वडा नं २ र ४ लगायत यहाँका साहित्यकार, समाजसेवी, वुद्धिजिवि लगायतको सहयोगमा शालिक निर्माण गरिएको हो । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिव प्रसाद दाहालले शालिक निर्माणमा १२ लाख १५ हजार ९ सय ५४ रुपैँया खर्च भएको जानकारी दिए । १ लाख ४५ हजार ५ सय २८ रुपैँया बचत भएकाले उक्त रकम शालिकको संरक्षण र सम्वद्धनमा खर्च गरिने उनले बताए ।

प्रतिक्रिया