खजुराका लघु उद्यमीहरुलाई ८० प्रतिशत अनुदानमा प्रविधि वितरण

खजुरा : बाँकेको खजुरामा लघु उद्यमीहरुलाई ८० प्रतिशत अनुदानमा प्रविधि वितरण गरिएको छ । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत नयाँ लघु उद्यमी र स्तरोउन्नती अन्तर्गतका लघु उद्यमीहरुलाई अनुदानमा प्रविधि वितरण गरिएको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले लघु उद्यमीहरुलाई प्रविधि सामग्री वितरण गरेका हुन । नयाँ लघु उद्यमी १३ जनालाई हाते कढाई रिङ्ग र व्युटि पार्लर गर्ने १० जनालाई पार्लर सम्बन्धी प्रविधि सामग्री वितरण गरिएको उद्यम विकास शाखाका प्रमुख आसा चौधरीले जानकारी दिइन ।

त्यस्तै पुराना स्तरोउन्नतीका लागी ३८ वटा स्टेन सहितका डुढ २ वटाका दरले १९ जनालाई वितरण गरिएको शाखा प्रमुख चौधरीले जानकारी दिइन । प्रविधि वितरण गर्नु अघि सिप विकास तालिम दिइएको थियो । पार्लरका लागी २ महिने, हाते कढाई १ महिने र बाख्रा पालन तालिम ७ दिन सम्म संचालन गरिएको शाखा प्रमुख चौधरीले जनाइन ।

प्रतिक्रिया