खजुरामा मनो सामाजिक समस्या न्युनिकरण तालिम


खजुरा : बाँकेको खजुरामा दुई दिने मनो सामाजिक समस्या न्युनिकरण तालिम आज सम्पन्न भएको छ । जन जागरण समाज खजुराको आयोजनामा संचालन गरिएको तालिममा युवा तथा धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।

अन्तरधार्मिक शान्ति महासंघ, नेपालको सहयोगमा सम्पन्न भएको तालिममा विभिन्न विषयबस्तु, स्थान तथा कुराहरुमा हुने गरेको तनावलाई कसरी व्यवस्थापन गर्ने, तनाव ग्रस्त बनाउने रोगसगं कसरी सामाना गर्ने, समाजमा हुने गरेर झै झगडा विच आउने मनो समाजिक समस्यालाई कसरी समाधान तिर लैजाने लगाएतका विषयमा सहभागिहरुलाई सहजिकरण गराइएको जन जागरण समाज खजुरामा कार्यकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए ।

दुई दिन सम्म चलेको तालिममा सिएमसिका मनोविद दिपक शर्माले सहजिकरण गरेका थिए । तालिममा २० बढि युवा तथा धार्मिक अगुवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया