‘खजुराको आर्थिक विकास गर्न उद्यम आवश्यक छ’– अध्यक्ष विक

खजुरा : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खजुराको आर्थिक विकास गर्न लघु उद्यम तिर गाउँपालिकाका जनता लाग्न आवश्यक रहेको बताएका छन । अध्यक्ष विकले खजुरालाई समृद्ध बनाउन खजुराका रहेक टोलमा लघु उद्यम संचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । गरिवी निवारणका लागि लघु विकास कार्यक्रम अन्तरर्गत बैंक तथा लघु वित्तिय संस्था र लघु उद्यमीहरु विच लघु कर्जाको प्रक्रिया सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष विकले बजारको सम्भावयता अध्ययन गरेर उद्यम संचालन गर्न खजुरेलि जनतालाई आग्रह गरे ।

अध्यक्ष विकले खजुराले आफ३नै उत्पादनलाई ब्राण्डका रुपमा बजारमा लैजाने गरि अघि बढ्ने बताए । खजुरालाई आर्कषण बनाउन ‘खजुरा ब्राण्ड’ बनाउन जरुरी छ,अध्यक्ष विकले भने । खजुरामा उद्यम गर्न चाहनेका लागि पालिकाले आवश्यक सहयोग समेत उपलव्ध गराउने उनले बताए ।

अन्तरक्रियामा बोल्ने बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिले सानो पुँजि बाटै भएपनि स्वंयम लगानि गरेर व्यवसाय सुरु गरेको खण्डमा बैंकले पनि ऋण लगानि गर्ने बताएका थिए । उद्यम गर्ने योजना भएकाहरुका लागि लगानि गर्न सहज हुन्छ त्यसैले पनि उत्पादन मुलक कार्यमा लाग्न जरुरी रहेको एक बैंकका कर्मचारीले जनाए । सहभागि महिला उद्यमिले भने महिलाहरुका लागि दिने भनिएको सहुलियत ऋणका कुरा व्यवहारमा लागु नभएको गुनासो गरेका थिए । झोलामा कागजपत्र बोक्ने तर व्यवसायमा ध्यान नदिनेलाई बैंकले लगानि गर्ने तर बास्तविक उद्यमिलाई ऋण दिन बाहानाबाजी गर्ने गरेको महिला उद्यमी संघ खजुराका अध्यक्ष राधिका खत्रिले दुखेसो पोखिन ।

कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले महिला दिदिबहिनीहरु उद्यमी बन्न चाहेको खण्डमा आवश्यक पहल र सहयोग गर्ने पञ्तिवद्धता जनाइन । उपाध्यक्ष मल्लले खजुराको आर्थिक विकासमा सबै एक जुट भएर लाग्ने बेला आएकोले उद्यम तिर ध्यान दिनपर्नेमा जोड दिइन । अन्तरक्रियामा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले हरेक घरमा रोजगारी सिर्जना गर्न उद्यम नै विकल्पको रुपमा रहेको बताए । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, सदस्य, महिला उद्यमी तथा सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया