बाँकेसहित ४ जिल्लामा ¥याफ्टिङ सन्चालनमा आउने

नेपालगन्ज : बाँके राप्ती नदिमा सन्चालन गरिएको एक महिने साहसिक जलयात्रा (¥याफ्टिङ) रिभर गाइड तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवद्धन गर्नुका साथै रोजगारी दिने उदेश्यले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम अगैयादेखि वड् डाँडा भालुवाङ दांगसम्म राप्ती नदीमा जेठ १८ गते देखि सन्चालन गरेको तालिमको आज सोमबार समापन गरिएको हो ।

लुम्बिनी प्रदेशका ¥याफ्टिङको सम्भावना बोकेका रुकुम, दांग, प्युठान, बाँके गरि ४ जिल्लाका २५ जनालाई तालिम दिइएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख माधव ज्ञवालीले जानकारी दिए । गतवर्ष स्थापना भएको प्रदेश पर्यटन मन्त्रालयले यसवर्ष २० लाखको बजेटमा यो कार्यक्रम सन्चालन गरेको उनले बताए । ‘थारु, बोटे लगायतका न्युन आयस्तर भएका जातीको छनौट गरी उनीहरुको आयस्तर वृद्धि गर्नुका साथै आन्र्तरीक तथा वाह्य पर्यटनको विकास गर्न प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम सन्चालन गरेको हो’ ज्ञवालीले भने ।

करीब १ महिने तालिम सकिएकाले अब रुकुमको सानेभेरी, दांगको राप्ती नदि, दांगकै बबई पुरनधारा, प्युठानको माडी, बाँके अगैयामा ¥याफ्टिङ कार्यक्रम सन्चालन हुने पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका इन्जिनियर राजकुमार निरौलाले बताए ।

यस क्षेत्रमा ¥याफ्टिङ सन्चालनका जनशक्ति अभाव भएकाले दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिइएको उनको भनाई छ । यसका लागि करीब २ महिना अघि सम्भाव्यता अध्ययन गरीएको थियो । सम्भाव्यता अध्ययनमा सबैभन्दा राम्रो रुकुमको सानेभेरी देखिएको छ । परिक्षणका क्रममा त्यहाँ पानीको वहाव राम्रो भएको पाइएकोले अन्य क्षेत्र भन्दा राम्रो देखिएको इन्जिनियर निरौलाले बताए । उनका अनुसार करीब १० देखि ३० किलोमिटरको क्षेत्रसम्म ¥याफ्टिङ सन्चालन गरिने छ ।

उक्त अध्ययनमा यी स्थानमा करीब ८ महिना ¥याफ्टिङ व्यवसाय सन्चालनको सम्भावना देखीएपछि प्रदेश सरकारले स्थानिय सरकारसंगको समन्वयमा तालिम दिएको हो । लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरीको पहलमा यो कार्यक्रम सूरु गरिएको हो ।

आयआर्जन गर्ने र पर्यटन प्रवद्धन गर्ने सम्भावना भएकाले यो कार्यक्रमलाई प्राथमिकतामा राखिएको इन्जिनियर निरौलाले बताए । तालिम लिएका प्रशिक्षार्थीहरुको एउटा समुह निर्माण गरेर काम अघि बढाइने छ । ¥याफ्टिङ सन्चालनका लागि प्रशिक्षित समुहलाई बोटिङ दिने तयारी भइरहेको छ । यसका साथै ¥याफ्टिङ सन्चालन हुने क्षेत्रमा टिकट घर, शौचालय लगायतका आवश्यक स्टक्चरहरु निर्माण गरिने छ ।

अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षक समेत रहेका भिष्म थपलिया र कमल ठकुरी मुख्य प्रशिक्षक रहेका थिए । यस्तै सहायक प्रशिक्षकका रुपमा सुमन रायमाझि, दिपक गुरुङ र मोहन पल्ली रहेका थिए । यस क्षेत्रमा काम गरिरहेका, सिप भएका, अनुभवि प्रशिक्षार्थि भएकाले तालिम सन्चालनमा सहजता भएको प्रशिक्षक थपलियाले जानकारी दिए । प्रशिक्षकहरु काठमान्डौ, धादिंग, त्रिशुली लगायतका नदिमा ¥याफ्टिङ सन्चालन गरीरहेका छन् ।

प्रतिक्रिया