अपाङता भएका व्यक्तिहरुलाई आयआर्जन र सहायक सामाग्री वितरण

खजुरा : बाँकेको खजुरामा अपाङता भएका व्यक्तिहरुलाई सहायक सामाग्री र आयआर्जनका लागि बाख्रा र किराना सामान वितरण गरिएको छ । खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा डेक नेपाल बाँकेले अपाङता भएका व्यक्तिहरुलाई आर्थिक सशक्तीकरणमा केहि टेवा पुरयाउनका लागि आज(सोमवार) खजुरामा वितरण गरि सहयोग गरेको हो ।

वितरण गरिएको सहायक सामाग्रीमा ६ जनालाई ह्वील चीयर, ५ जना लाइ ट्राइ साइकल रहेको छ । तीन जनालाई किराना सामाग्री र ५ जनालाई बाख्रा वितरण गरिएको छ । वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले अपागंताको क्षेत्रमा यो सानो सहयोगले केहि मलम मात्रै लगाउने भन्दै आगामी दिनमा दिर्घकालिन सहयोग पु¥याउनका लागि थप कार्यक्रम संचालन गरिने बताए । उनले खजुरामा अपागंता ऐन र अपागंता परिचय पत्रलाई डिजिटल बनाउनका लागि सल्लाह तथा परामर्श गरिने जानाएका थिए ।

खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले अपागंताको क्षेत्रमा आफु सम्वेदनशिल भएको बताएकी थिइन । उनले आगामी कार्यक्रममा फराकिलो बजेट र समस्याको दिर्घकालिन समाधानका लागि पहल गरिने उल्लेख गरिन । आय आर्जनका लागि वितरण गरिएका सहायक समाग्री, बाख्रा र किराना सामाग्रीले अपागंता भएका व्यक्तिहरुको केहि भए पनि आर्थिक पाटो सबल हुने आशा पनि उनको छ । खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुसिला न्यौपानेले परिचय पत्र वितरण भएकाहरुको मात्रै तथ्याकं गाउँपालिकामा भएको भन्दै वडा अनुसार सबै अपागंता भएका व्यक्तिहरुको एकीन तथ्यांक लिन जरुरी रहेको बताइन । अपागंताको क्षेत्रमा सधै समन्वय हुने उनको भनाई छ ।

राष्ट्रिय अपागं महासघं नेपालका सघिंय सदस्य देव कुमारी पराजुलीले स्थानीय स्तरका अपागंता भएका व्यक्तिहरुलाई अवसर दिनका लागि सुझाव दिइन । उनले अन्य स्थानहरुलाइ समेत सिकाइ हुने र आफुलाइ गर्व हुने गरि अपागंताको क्षेत्रमा कार्यक्रम ल्याउन पालिका लाइ आग्रह समेत गरिन ।

राष्ट्रिय अपागं महासघं लुम्बिनि प्रदेशका निर्वतमान अध्यक्ष तथा डेक नेपालका कार्यकारि निर्देशक देविदक्त आचार्यले आगामी दिनहरुमा अपागंता भएका व्यक्तिहरुको प्रकृति र अवस्था हेरेर योजना र बजेट छुट्याए उनिहरुको आयआर्जनमा सहज हुने धारणा राखे । उनले पालिकाले निमार्ण गर्ने अपागंता ऐन र परिचय पत्र डिजिटल बनाउनका लागि डेक नेपालले प्राविधिक सहयोग गर्ने जनाए । कार्यक्रममा खजुरा गाउँपालिका वडा नं २ र ५ का अध्यक्ष र खजुरा गाउँपालिकाको ८ वटै वडाका अपागंता भएका ब्यक्तीहरुलाई अभिमुखिकरण समेत गरिएको थियो ।

प्रतिक्रिया