खजुराको फोर लेन सडकमा पिचको काम सुरु

नेपालगन्ज : खजुराको १८ सय मिटर फोर लेन सडक ४ वर्षसम्म पनि नबनेपछि स्थानीय युवाहरुले दुई दिन अघि अवरोध गरेका थिए । सडक अवरोध गरेपछि २ दिनमा काम सुरु गरिने प्रतिवद्धता अनुसार निर्माण कम्पनीले आज(शनिबार) देखि आफ्नो कामलाई तिव्रता दिएको छ ।

केहि दिन अघि राजमार्ग गरिएको बेस दुई सातामै उप्किएपछि धुलो उडेर स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । खजुराको धनौली चौकीदेखि खजुरा १ नम्बरसम्को करिव अढाई किलो मिटर फोरलेन सडकको बेस पीच उप्किएको हो । उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्क्सनले पाएकोले स्थानियहरुले सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै आन्दोलन गरेका थिए ।

१८ सय मिटरको सडक ४ वर्षदेखि निर्माणाधिनको क्रममा छ । फोर लेन सडक बनाउँदा गुणस्तरीय नभए पुन : आन्दोलन गरिने स्थानियहरुले बताएका छन । सडक डिभिजन कार्यालय नेपालगन्जले भने निमार्णको कामको समयअवधि ६ महिना थपिएको जनाएको छ ।

प्रतिक्रिया