खजुरामा सुरक्षा दिने प्रहरीले लखेटि लखेटी पिटे स्थानियलाई (भिडीयो सहित)

खजुरा : बाँकेको खजुरामा प्रहरीले जनतालाई कुटेका छन । शुक्रबार राति ९ः४५ बजेतिर खजुरा गाउँपालिका २ एल गाउँ स्थित एक घरमा विहेको रमझम चलिरहेको बेला नजिकै बाट प्रहरीले स्थानियसगं निउ खोज्दै बाटोमा हिड्ने जो कोहिलाई पनि लाठीले कुटेको स्थानियले आरोप लगाएका छन ।

राधापुर प्रहरी चौकीबाट असई थिर बहादुर कुंवरको नेतृत्वमा आएको चार जना प्रहरीले विना कसुर जनतालाई कुटपिट गरेको एक स्थानियले बताए । असई, हवलद्धार र २ जना प्रहरी जवानले बाटोमा रहेका, घरतिर गइरहेका समेतलाई लखेटि लखेटि लाठि भाचिने गरी कुटेका हुन ।

शरिरमा कुटेको सुम्ला (डाम) लिएर ईलाका प्रहरी कार्यालय धनौली खजुरामा न्यायका लागि पिडित जनताहरु पुगे पनि प्रहरीले त्यति चासो नदिएको कुटाई खाने स्थानिय शिक्षकले गुनासो गरे । कुट्ने प्रहरीको रातिनै मेडिकल चेक गराउनु पर्नेमा घटनालाई ढाकछोप गर्न मेडिकल चेक नगराएको स्थानियको गुनासो छ ।

इलका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरिक्षक बसन्त आचार्यले घटनाको छानविन भैरहेको र दोषि भनिएका प्रहरीहरुलाई विभागिय कार्वाहि हुने जानकारी दिए । उनले घटना सामान्य रहेको बताउदै दोषि भनिएका प्रहरीको बचाउ समेत गरेका छन । इन्चार्ज आचार्यले कुटपिट गर्ने प्रहरीको मेडिकल चाँच भएको तर मादक पर्दाथ सेवन गरेको नपाइएको उल्लेख गरे ।

उनले चेकचाँच ढिला गरेकाले पनि मदिरा पिएको नदेखाएको हुन सक्ने समेत बताएका छन । तर, विना कारण प्रहरीको कुटाई खाएका जनताहरुले विभागिय मात्र नभएर कानुनि कार्वाहि समेत गर्नुपर्ने माग राखेका छन । घटना घटेको लामो समयसम्म पनि मुद्धा दर्ता भने हुन सकेको छैन ।

प्रतिक्रिया