मसिनो धान बजारीकरण सम्बन्धि गोष्ठी सम्पन्न

नेपालगन्ज, असार : मसिनो धान बजारीकरण सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । साकार सहकारी संस्था राप्तीसोनारीको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा नेपालगन्जमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा सहकारीमा आबद्ध किसान, व्यापारी र एग्रोभेट व्यवसायी गरी २८ जनाको सहभागिता रहेको थियो ।

मसिनो धान उत्पादन तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत उक्त गोष्ठी आयोजना गरिएको सहकारीका मुख्य व्वस्थापक जमानसिंह वलीले जानकारी दिए । कार्यक्रममा धानको उत्पादनअनुसार बजारमा माग धेरै रहेकोले बजारीकरणमा समस्या नहुने निष्कर्श निकालिएको थियो ।

प्रतिक्रिया