
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेको छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।