खजुरामा काेभिड र योग सम्बन्धि कार्यक्रम सम्पन्न

खजुरा : खजुरामा कोभिड नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच काेभिड नियन्त्रण सम्बन्धि सचेतना तथा योगका बारेमा चर्चा गरिएको हो ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर मा गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले काेभिडबाट जोगिन योगको भुमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए । खजुरा गाउँ पालिका वडा नम्बर ७ का अध्यक्ष राम गोपाल यादबको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँ पालिकाको सामाजिक बिकास सम्योजक कृष्ण कुमार पोखरेलले काेभिड नियन्त्रणमा अझै सचेत बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खजुरा गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसि, स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, बाके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. अनिल कुमार चौधरी, डा. गिता रेग्मी, सोनपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाश गौतम, स्वास्थ्य चौकिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले गर्नुभएको थियो ।

प्रतिक्रिया