नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ५३ प्रतिशत बजेट मात्रै खर्च गरेको पाइएको छ । उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ५३ प्रतिशत बजेट मात्रै खर्च भएको जनाएको हो । चालू आर्थिक वर्षका लागि विनियोजित १ अर्व ७९ करोड १२ लाख बजेटमध्ये ९५ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिए ।
कोरोनाको महामारी, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका कारणले लक्ष्य अनुसारको बजेट खर्च हुन नसकेको उनले बताए ।