
खजुरा : बाँकेको खजुरा गाउँपालिकामा रहेका तथ्याङ्क संकलन गर्ने स्वयम सेवकहरुसगं अभिमुखिकरण गरिएको छ । गाउँ÷नगर बस्तुस्थिती विवरण तयारीका लागि तथ्याङ्क संकलन गर्ने स्वयम सेवकहरुविच अभिमुखिकरण गरिएको हो ।
आज बाट सुरु गरिएको अभिमुखिकरण कार्यक्रममा २८÷२८ जनाको समुह बनाई भोलि सम्म सन्चालन गरिने भएको हो । पहिलो दिनमा २८ जना तथ्याङ्क संकलन गर्ने स्वयम सेवकहरु अभिमुखिकरणमा सहभागिता जनाएका छन ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले अभिमुखिकरण कार्यक्रमको सुभारम्भ गर्दै हरेक जनताको घरदैलोमा पुगेर तथ्य रुपमा तथ्याङ्क संकलन गर्न अनुरोध गर्दै उहाँले पालिकाको बस्तुस्थितीको बारेमा थप जानकारी प्राप्त हुने र यसले आगामि योजना बनाउन मद्धत पुगाउनेमा विस्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष विकले तथ्याङ्क संकलन पछि एकिकृत योजनाको खाका तयार हुने उल्लेख गनुभयो । अभिमुखिकरणमा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, सुचना तथा सञ्चार प्रविधि शाखाका प्रमुख सुरेश शाहु लगाएतको उपस्थिती रहेको थियो ।
