खजुरामा काेभिड नियन्त्रणका बारेमा अभिमुखिकरण

खजुरा : काेभिड नियन्त्रण सम्बन्धी खजुरामा अभिमुखिकरण गरिएको छ । पछिल्लो केहि दिन यता काेभिडका नयाँ बिरामि भेटिन थालेपछि खजुरामा रहेको नागरिक आरोग्य सेवा केन्द्र खजुराले सरोकारवाला हरु बीच अभिमुखिकरण गरेको हो । खजुरा गाउँ पालिकाको सहयोगमा सन्चालन गरिएको सचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले काेभिड बाट जोगिन भौतिक दुरिका साथै सरफफाइमा ध्यान दिन पर्नेमा जोड दिएका थिए । सचेतनामुलक कार्यक्रमको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि कको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल, सम्पुर्ण वडा अध्यक्षहरु ,स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल, स्वास्थ्य इन्चार्जहरु,महिला स्वास्थ्य स्वयम् सेबिकाहरु ,कृषि ,पशुसेवा र नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । कोभिड सम्बन्धि बिषयबस्तुको प्रशिक्षण स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेल ,बाके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गिता रेग्मीले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य किरण खनाल र कार्यक्रम संचालन प्रकाश् गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया