नेपालगन्ज : अखिल नेपाल किसान महासंघले किसान र कृषिक्षेत्रसँग सम्बन्धित विषयमा अगाडि सारेका १ सय १९ शुत्रीय मागहरु पूरा गर्न सरकारसँग माग गरेको छ । महासंघ, बाँकेका अध्यक्ष कृष्णविक्रम केसीको नेतृत्व सोमबार माग पूरा गर्न जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाइएको हो ।
ज्ञापनपत्रमा महासंघको मागलाई पूरा नगरे देशव्यापिरुपमा किसान परिचालन गर्न बाध्य हुने समेत उल्लेख गरिएको छ ।
उक्र ज्ञापनपत्र केसीले जिल्ला प्रशासन कार्यालयका प्रमुख सूर्य बहादुर खत्रीलाई प्रदान गरेको हुन् ।
ज्ञापनपत्रमा किसानहरुले मुख्य बाली लगाउने समयमा देशैभरी रासायनिक मतको चरम अभावको सामना गर्नु पर्नु परेको पनि उल्लेख गरिएको छ । समयमै मल उपलब्ध नहुँदा कृषि उत्पादन घट्न गई खाद्य सुरक्षामा समेत आँच आउन सक्ने पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा मुलुकका लागि चाहिने ५ देखि ७ लाख मेट्रिकटन मलका लागि आवश्यक ३० अर्ब बजेटमा नआएको पनि उल्लेख गरिएको छ ।
त्यसैगरी सरकारले किसानका लागि आर्थिक वर्ष २०७९÷०८० का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेट लागू गर्ने विषयमा अन्यौलता भएको समेत उल्लेख गरिएको छ ।