
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्र मध्ये क्रिकेटलाई प्राथमिकता दिएको छ। आइतबार सरकारको बजेट संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा २ अर्ब ४६ करोड बजेट छुट्याएको बताए।
उनले बजेटमा खेलकुद क्षेत्रमा सबैभन्दा बढी प्राथमिकता क्रिकेट क्षेत्रमा दिएका छन्।
शर्माले मुलपानी क्रिकेट खेलमैदानलाई यसै आर्थिक वर्ष सम्पन्न गर्ने र क्रितिपुर त्रिवि क्रिकेट मैदानमा राति पनि खेल्ने व्यवस्था मिलाउने बताए।
यस्तै चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्टि्य क्रिकेट मैदानको बाँकि रहेको काम चाँडै सम्पन्न गर्नुका साथै कैलालीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि पनि आवश्यक काम कारवाही अगाडि बढाइने बताए।