जिल्ला प्रशासन कार्यालय बर्दियाको सरकारी कार्यालयमा छडके अनुगमन

बर्दिया, जेष्ठ : बर्दियाको सदरमुकाम गुलरीयामा नापी कार्यालय, भुमीसुधार तथा मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालय बर्दियाले छडके अनुगमन गरेको छ ।

बिहान कार्यालयको समयमा बिहिबार एक्कासी सहायक प्रमुख जिल्ला अधिकारीको को छडके अनुगमन भएको हो ।
अनुगमनका क्रममा नापी कार्यालयमा एक जना कर्मचारी कार्यालय समयमा उपस्थित नरहेको र भुमीसुधार तथा मालपोत कार्यालयका ७ जना कर्मचारीले पोषाक नलगाएको पाइएको २ जना उपस्थित नरहेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनु भएको छ ।

हामीले स्पस्टीकरण मागेका छौ,एक पटकलाइ सम्झाउने हो र आवस्यक परे कारर्वाही समेत हुन्छ पाण्डेयले बताउनु भयो ।
हाल नापी कार्यालयमा २६ जना भुमीसुधार तथा मालपोत कार्यालयमा २६ जना कर्मचारी कार्यारत रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

शुक्रवार बिहान कार्यालय समयमा कार्यालयका कर्मचारी उपस्थित भएको स्थानिय बताउछन । ।सहायक प्रमुख जिल्ला अधिकारीको यो कदमले सेवाग्राही खुसी भएको र बेला बेलामा यस्तो अनुगमन भए अझैराम्रो हुने उनीहरु बताउछन ।

प्रतिक्रिया