
कोहलपुर : कोहलपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जितेपछि नेपाली कांग्रेसले विजयी र्याली निकालेको छ । कोहलपुरको नगर प्रमुखमा कांग्रेसका पुर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी निर्वाचित भएकी हुन् ।
विजयी पश्चात कांग्रेस कार्यकर्ताले कोहलपुर नगरको परिक्रमा गरेका हुन् । र्याली कोहलपुर नगरपालिका अगाडीबाट सुरु भएको थियो । विजयी र्यालीमा नवनिर्वाचित नगर प्रमुख आचार्य, उपप्रमुख सुवेदी सहित कांग्रेसका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । र्यालीमा सहभागी हुन विभिन्न वडाबाट कांग्रेस कार्यकर्ता आएका थिए ।
