
पानस फार्मास्युटिकल प्रा.लि.को सहकार्य तथा नेपालगञ्ज जेसीजको आयोजनामा नेपालगंजका हाड तथा नसा रोग विशेषज्ञ डाक्टरहरु विच कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालगञ्जका विभिन्न अस्पतालमा कार्यरत हाड तथा नसा रोग विशेषज्ञ र केही फिजिसियन डाक्टरहरु विच गोष्ठी सम्पन्न भएको हो । जर्मनीका डा. क्रिस ट्रयुंक र विर अस्पताल काठमाडौका डा. अभिनास चन्द्रले गोष्ठीमा ‘स्ट्रोक’ सम्बन्धी प्रशिक्षण गर्नु भएको थियो । नेपालगञ्ज जेसीज वर्ष २०२२ का अध्यक्ष चिरन्जीवि शर्माको सभापतित्वमा सम्पन्न उक्त गोष्टीमा महासचिव रोशन केसी लगायत विभिन्न जेसीमनहरुको सहभागिता रहेको थियो । डा. अभिनास चन्द्र प्रत्येक महिनाको एक पटक नेपालगञ्जको यशोदा फार्मेसीमा विरामीहरुको चेकजाचको लागि आउनु हुने आयोजकले जानकारी दिएको छ ।